राष्ट्रियसभा बैठक फेरि ६ दिन पछाडि सर्यो
काठमाडौं । राष्ट्रियसभा बैठक फेरि ६ दिन पछाडि सारिएको छ । यसअघि असोज १२ गते बस्ने भनिएको बैठक १ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो। राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सारिएको संसद सचिवालयले जनाएको छ। १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी दिएको छ ।