May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

कक्षा १० सम्मका विद्यार्थीलाई काठमाडौं महानगरले खाजा खुवाउने

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १२:३६
कक्षा १० सम्मका विद्यार्थीलाई काठमाडौं महानगरले खाजा खुवाउने
  • काठमाडौं महानगरपालिकाले कक्षा ६-१० का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने
  • कक्षा ७ र ८ लाई पनि महानगरले दिवा खाजा दिँदै आइरहेको थियो
  • यो वर्ष बढाएर कक्षा १० सम्म दिने निर्णय 

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले कक्षा ६-१० का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गत वर्ष कक्षा ८ सम्म दिंदै आएको महानगरले यो वर्ष बढाएर कक्षा १० सम्म दिने भएको हो । संघीय सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँ कक्षा ६ सम्म दिंदै आइरहेकोमा काठमाडौं महानगरले गत वर्ष १० रुपैयाँ थप गरेर २५ बनाएको थियो ।

साथै, कक्षा ७ र ८ लाई पनि महानगरले दिवा खाजा दिँदै आइरहेको थियो । यो वर्ष अर्थमन्त्रालयले कक्षा ५ सम्मकालाई मात्रै दिवा खाजा रकम छुट्याएको छ । त्यसमा महानगरले कक्षा ५ सम्मकालाई संघीय सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरले १५ रुपैयाँ थप गर्दै ३० पुर्‍याएको छ भने कक्षा ६-१० लाई पनि दिवा खाजा दिने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले सबै विद्यालयहरुलाई भदौ महिनादेखि कक्षा १० सम्मका विद्यार्थीको लागि प्रतिविद्यार्थी ३० रुपैयाँ उपलब्ध गराउने भएकोले त्यही अनुसार लागू गर्न पत्राचार गरेका छन् । काठमाडौं महानगरले यो वर्ष शिक्षामा ७५ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।