May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

एमाले अधिवेशनको तयारी मै विवाद

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १७:११
एमाले अधिवेशनको तयारी मै विवाद
  • एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा
  • संगठनबाट ९९७ जना प्रतिनिधि छनोट भएर विराटनगर आइपुगे
  • ५० जना प्रतिनिधिको छनोट बाँकी

विराटनगर ।।

विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बताए । तर प्रतिनिधि छनोटको विवाद भने कायम नै छ । पालिका र जनवर्गीय संगठनबाट ९९७ जना प्रतिनिधि छनोट भएर विराटनगर आइपुगेका छन् । ५० जना प्रतिनिधिको छनोट बाँकी छ । पार्टी कमिटीले मनोनित गर्ने ५० जना प्रतिनिधि छनोटको टुङ्गो लागिनसकेको उनले बताए । छनोट गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

मनोनित भए अधिवेशनमा सहभागि हुने प्रतिनिधिको संख्या १०४७ हुनेछ । प्रदेश कमिटीले प्रतिनिधि छनोट गर्दा एक पक्षीय हुने र विवाद हुने देखिएपछि यो प्रकिया रोक्न आग्रह गरिएको एमाले मोरङका एक नेताले बताए । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी बन्नेछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने अध्यक्ष न्यौपानेले बताए । सहमति नभए निर्वाचन हुने उनले बताए । निर्वाचन हुँदा प्यानल भने बनाउन निषेध गरिएको उनको भनाई छ ।

अधिवेशनका बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा पार्टी प्रदेश इञ्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने बताए । नेकपा एमाले भित्र विवाद सृजना गरेर कमजोर बनाउनका लागि देशी र विदेशी शक्ती सक्रिय भएर लागि परेको उनले बताए । उनले पार्टी भित्र नेतृत्वका विषयमा कुनै विवाद नरहेको बताए ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १७:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।