May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नेपालले उपाधि जित्ने लक्ष्य लियो

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १३:४६
नेपालले उपाधि जित्ने लक्ष्य लियो
  • साफ यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य
  • बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं ।।

बिहीबारदेखि काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार दिउँसो साढे १ बजे भारतले बंगलादेशसँग दशरथ रंगशालामा नै प्रतिस्पर्धा गर्नेछ । समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्यस्तै समुह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।

नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा नै उपाधि जितेको थियो । प्रशिक्षक सुनिल श्रेष्ठले खेलअघिको पत्रकार सम्मेलनमा समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘हाम्रो लक्ष्य भनेको हरेक खेल जित्दै जाने, समूह विजेता बन्दै उपाधि जित्ने लक्ष्य हो’, उनले भने ।

नेपालका कप्तान जियारथ शेखले पनि तयारी राम्रो भएको बताएका छन् । ‘हाम्रो तयारी राम्रो भइरहेको छ । आशा छ, भोलिको खेल पनि राम्रो हुनेछ’, उनले खेलअघिको पत्रकार सम्मेलनमा भने ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।