May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

झापामा ‘ग्याङ फाइट’, छुरा प्रहारबाट एक जनाको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १0:२४
झापामा ‘ग्याङ फाइट’, छुरा प्रहारबाट एक जनाको मृत्यु

झापा : झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका- ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजे दमक नगरपालिका– १ कुमाल चोकमा दमक ७ हाट खोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट भएको थियो ।

दमक १ स्थित कुमाल चोक नजिकै एक होटेलमा उनीहरू सँगै बसेर रातभर मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा झडप भएको थियो । दमक- ७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए । घाँटी, पाखुरामा छुरा प्रहार गरेपछि सख्त घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगेको र अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको डीएसपी रिजालले बताए । छुरा प्रहार गर्ने राईसहित दुई जना मोटरसाइकलमा फरार भएको र उनीहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए । यसअघि २०७६ साल साउन ८ गते दमकमा दुई समुहबीच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको थियो । दमक नगरपालिका–१ स्थित दुर्गा मन्दिर पछाडि ग्याङ फाइट हुँदा स्थानीय १८ वर्षीय विक्रम लिम्बुको मृत्यु भएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट