May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

वीरेन्द्रनगर शोकाकुल अवस्थामा

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:0३
वीरेन्द्रनगर शोकाकुल अवस्थामा
  • कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विहानैदेखि तनावग्रस्त
  • छुट्टै दुई घटनामा दुई बालकको मृत्यु भएपछि….
  • भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँससमेत प्रहार

सुर्खेत ।।

बालकको मृत्यु भएको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विहानैदेखि तनावग्रस्त बनेको छ । शुक्रबार र शनिबार छुट्टा–छुट्टै दुई घटनामा दुई बालकको मृत्यु भएपछि आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् । दुवै बालकका आफन्तले संयुक्त रूपमा आन्दोलन गरेका छन् । जसका कारण वीरेन्द्रनगरको मंगलगढी र एरिचोक परिसर आइतबार बिहानैदेखि तनावग्रस्त बनेको हो । वीरेन्द्रनगर– ३, गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिबार बिहान मृत्यु भएको थियो ।

त्यस्तै नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । उनी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ का हुन् । शुक्रबार वीरेन्द्रनगर होस्टेलमै शङ्कास्पद मृत्यु भएका उनका आफन्त र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरीका आफन्तहरू घटनाको छानबिन र क्षतिपुर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा दुई दिनदेखि वीरेन्द्रनगर तनावग्रस्त छ । उषा बालवाटिकामा आन्दोलनकारीले शनिबार आगजनी गरेका थिए । आफन्तहरूले घटना शङ्कास्पद रहेको भन्दै शव उठाउन दिएका थिएनन् । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको थियो ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट