May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मलद्वारमा लुकाएर लागुऔषध तस्करी, उदयपुरबाट पाँचजना पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:१७
मलद्वारमा लुकाएर लागुऔषध तस्करी, उदयपुरबाट पाँचजना पक्राउ

उदयपुर : मलद्वारमा लु्काएर लागुऔषध जिल्ला भित्र्याउने क्रममा प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका- ६ बेल्टार बजारमा शरीरमा फ्रिजिङ गरी लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा चौदण्डीगढी नगरपालिका -६ का ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद भएको हो।

त्यस्तै सोही ठाउँका ३२ वर्षीय बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, ३० वर्षीय विशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।

प्रहरीले सोही ठाउँका ३२ वर्षीय मनोज राईको साथबाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल बरामद गरेको छ । ३२ वर्षीय प्रवेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल गरी जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल बरामद भएको उनले बताए ।

प्रहरीका अनुसार नियमित चेकजाँचको क्रममा ति युवाहरुको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई स्थानीय बेल्टारस्थित चौदण्डीगढी हस्पिटल प्रालीमा भीडीयो एक्सरे गरिएको थियो । भीडीयो एक्सरेमा मलद्वारभित्र फ्रिजिङ गरी राखिएको लागुऔषध देखिएपछि डाक्टरकै सहयोगमा बाहिर निकालिएको प्रहरी प्रमुख एसपी रमेश थापाले बताए ।

संलग्न सबैलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको एसपी थापाले जानकारी दिए । लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय ‘विशेष अप्रेशन’ सञ्चालन गरेपछि प्रयोगकर्ता र कारोवारीले फरक उपाय अवलम्बन गरेको एसपी थापाको भनाइ छ।

उनले भने,‘लागुऔषध नियन्त्रणका लागि जिल्ला र मातहतका निकायमा अधिकतम प्रविधिको साथ लिएर युनिट नै परिचालन गरिएको छ। साथै तराईका जिल्लासँग जोडिएका सबै नाका,बजार र सम्भावित ठाउँको पहिचान र निगरानीलाई तीव्रता दिएका छौं ।’

‘सधैजसो झोला, गाडीका डिकी, सर्टपाइन्टका गोजीमा लागुऔषध आउने गर्थ्यो,’उनले भने,‘पछिल्लो समय सुक्ष्म अध्ययन गर्दा लागुऔषध कारोबारीले फरक उपायको खोजी गरेको पाइयो। अब त्यहीअनुरुप अनुसन्धान हुन आवश्यक छ।’

यसैबीच प्रहरीले वन मुद्दामा जिल्ला अदालतको फैसला पछि फरार रहेका उदयपुरगढी गाउँपालिका ७ का ४८ वर्षीय रामबहादुर खपाङ्गीलाई सोमबार पक्राउ गरेको छ । २०७० चैत्र १८ गतेको फैसलाले ३ महिनाकैद र १७ हजार जरीवाना तोकिएपछि फरार रहेका उनलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि जिल्ला अदालत पठाइएको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट