May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित

अमेरिकी सभामुखलाई आफ्नै पार्टीका सांसदले पनि दिएनन् मत

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:४५
अमेरिकी सभामुखलाई आफ्नै पार्टीका सांसदले पनि दिएनन् मत
  • सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भए
  • म्याकार्थीलाई हटाउन उनकै पार्टीका सांसदले मतदान गरे
  • सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सदनमा प्रस्ताव अघि सारे
  • संसदीय दलका नेताका रुपमा को आउँछ भन्ने स्पष्ट छैन

काठमाडौं ।।

अमेरिकामा पहिलो पटक सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी सरकारको तल्लो सदनमा रिपब्लिकन पार्टीको संसदीय दलका नेताका रुपमा रहेका म्याकार्थीलाई हटाउन उनकै पार्टीका सांसदले मतदान गरेका हुन् । मंगलबार साँझ भएको मतदानमा उनलाई हटाउने पक्षमा २१६ मत परेका थिए भने, उनको पक्षमा २१० मत परेको हो ।

सोमबार फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सदनमा प्रस्ताव अघि सारेका थिए ।डेमोर्क्याटहरुसँग मिलेर सरकारी खर्च जुटाउन एक विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको थियो । गेट्जले म्याकार्थीलाई ह्वाइट हाउससँग गोप्य सम्झौता गरी युक्रेनका लागि सहायता जारी राखेको आरोपसमेत लगाएका थिए । अब, म्याकार्थीको ठाउँमा रिपब्लिकनहरुको संसदीय दलका नेताका रुपमा को आउँछ भन्ने स्पष्ट छैन ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।