April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

अनुसन्धान अधिकृत मृत फेला

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० १३:0४
अनुसन्धान अधिकृत मृत फेला
  • अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृतको  मृत 
  • बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त
  • घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको
  • एसपी सुवेदीका अनुसार मुचुल्का उठाएर घटनाको थप अनुसन्धान हुँदै

काठमाडौं ।।

सर्लाहीको ईश्वरपुर नगरपालिका-९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् ।ईश्वरपुर नगरपालिका-६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर-त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेका हुन् । सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार उनी ड्युटी सकेर राति घर फर्किइरहेका थिए । ‘राति परिवारलाई फोन गरेर म राति १० बजेतिर घर आइपुग्छु पनि भन्नु भएको रहेछ,’ एसपी सुवेदीले भने, ‘तर भनेको समयमा नफर्किएपछि सोधीखोजी गर्दा आज बिहानमात्र दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो ।’ एसपी सुवेदीका अनुसार मुचुल्का उठाएर घटनाको थप अनुसन्धान भइरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट