May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित्

एयरपोर्ट बनाउने जग्गाको बिषयमा यति इन्कर्पोरेटलाई धरानका मेयर साम्पाङको पत्र

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:३९
एयरपोर्ट बनाउने जग्गाको बिषयमा यति इन्कर्पोरेटलाई धरानका मेयर साम्पाङको पत्र
  • सुनसरीको धरान उपहमानगरपालिकाले हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गा
  • किनेको जग्गाका बारेमा जानकारी गराउन यति इन्कर्पोरेटलाई पत्र
  • हालसम्म हवाइ मैदान निर्माण सुरु नभएकाले जग्गा फिर्ता दिलाइ पाऊ

 काठमाडौं ।।

सुनसरीको धरान उपहमानगरपालिकाले हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन यति इन्कर्पोरेटलाई पत्र लेखेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले यति इन कर्पोरेट प्रालि लाजिम्पाटलाई पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नम्बर १७ (साविक घोपा २ ख) का विभिन्न कित्ताका जग्गाहरु हवाई मैदान निर्माणका लागि खरिद गरे पनि अहिलेसम्म उक्त प्रयोजनमा नआएको भन्दै जग्गाको अवस्थाबारे जानकारी गराउन भनेका हुन् ।

‘हालसम्म हवाइ मैदान निर्माण सुरु नभएकाले जग्गा फिर्ता दिलाइ पाऊ भन्ने समेत व्यहोराको सरोकारवालाहरुको यस कार्यालयमा निवेदन पेश हुन आएकोले सो सम्बन्धमा के कसो भएको हो ? जग्गाको हालको अवस्था के कसो छ ? सम्पूर्ण व्यहोरा खुलाई १५ दिन भित्र सो विषयका प्रमाण सहितको जानकारी पठाई सहयोग गरिदिनु हुन अनुरोध छ’, मेयर राईले लेखेको पत्रमा भनिएको छ ।

यति इन्कर्पोरेटले हवाई मैदान बनाउने भनेर १४ रोपनी जग्गा लिएको भए पनि अहिले धमाधम प्लटिङ गरेर बेच्न थालेपछि स्थानीयबासिन्दा आन्दोलित भएका छन् । आफूहरुले पहिला सस्तोमा बेचेको जग्गा अहिले प्लटिङ गरेर महँगोमा बिक्री हुन थालेपछि स्थानीयबासिन्दाले जग्गा फिर्ता हुनु पर्ने माग गरेका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।