May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

स्थानीय कर्मचारी सरकारसंग वार्ता गर्दै

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:0७
स्थानीय कर्मचारी सरकारसंग वार्ता गर्दै
  • मन्त्रालयले दोस्रो दिन पनि स्थानीय तहका कर्मचारीसँग वार्ता गर्यो 
  • बुँदामा छलफल गरेर स्थगित भएको वार्ता फेरी बस्दै 
  • कर्मचारी आन्दोलित हुँदा देशभरमा सेवा प्रभावित

काठमाडौं ।।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो दिन पनि स्थानीय तहका कर्मचारीसँग वार्ता गरिरहेको छ । बिहीबार मन्त्रालयमा ५ बुँदामा छलफल गरेर स्थगित भएको वार्ता फेरी हुन थालेको हो । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति र निजामती कर्मचारी संगठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्ययी टोलीले बुँदागत रुपमा छलफल गरिरहेको हो । मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टंकबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई मन्त्रालयको तर्फबाट वार्तामा सहभागी छन् भने निजामती कर्मचारी संगठनका ५ जना र स्थानीय तह कर्मचारी संघर्ष समितिको तर्फबाट ५ जना वार्तामा सहभागी छन् ।

बिहीबार राति अबेरसम्म ५ वटा बुँदामा छलफल भए पनि निर्णय भने हुन सकेको थिएनन् । स्थानीय तहका कर्मचारीको अन्तर तह सरुवा, समायोजन पुनरावलोकन, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीको परिभाषा र नामको विषयमा छलफल भएको थियो ।स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिका महासचिव विजय कुमार देवकोटाका २० बुँदा मध्ये आज अन्य बुँदामा छलफल भइरहेको छ । स्थानीय तहका कर्मचारीहरुले आन्दोलन र वार्ता दुवै समानन्तर गरिरहने बताएका छन् । स्थानीय तहबाट हुने अत्यावश्यक बाहेक सबै काम ठप्प पारेर कर्मचारी आन्दोलित हुँदा देशभरमा सेवा प्रभावित भएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्