एजेन्सी । हमासको वायुसेना प्रमुख मारिएको इजरायली वायुसेनाले दाबी गरेको छ । हालै गरिएको हवाई आक्रमणमा प्रमुख मुराद अबु मुराद मारिएको इजरायली वायुसेनाले दाबी गरेको हो ।
हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजराइली वायुसेनाले उल्लेख गरेको छ ।
इजरायली वायुसेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतङ्कवादीहरूलाई निर्देशन दिनका लागि धेरै हदसम्म जिम्मेबार रहेको बताएको छ ।
अर्को छुट्टै आक्रमणमा इजरायली वायुसेनाले गत शनिवार हमासले गरेको आक्रमणका क्रममा इजरायलमा घुसपैठ गर्ने हमास कमाण्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको बताएको छ ।