sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेलम्चीको मुहान सार्ने तयारी गर्दै

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १३:४९
मेलम्चीको मुहान सार्ने तयारी गर्दै
  • मेलम्ची खानेपानी मुहानस्थल सात सय मिटर माथि सार्ने तयारी
  • नयाँ मुहानस्थल बनाउनु पर्ने निष्कर्ष
  • वर्षायाममा आयोजनामा क्षति नहोस् भनी सुरुङमा पानी पठाउने मुहान बन्द गरियो 

काठमाडौं ।।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) सात सय मिटर माथि सार्ने तयारी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्तका अनुसार मेलम्चीको हेडवर्क्सबारे एसियाली विकास बैंकले पहिरोग्रस्त क्षेत्रसम्मै विज्ञहरु पुर्याएर गरेको अध्ययन प्रतिवेदनमा अहिले हेडवर्क्स रहेको स्थानभन्दा माथि ७ सय मिटर पर मुहानस्थल सार्र्नुपर्ने निष्कर्ष निकालिएको छ । ‘मेलम्चीको खानेपानी नियमित काठमाडौं ल्याउन स्थायी हेडवर्क्स बनाउनु पर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि ७ सय मिटर माथि नयाँ मुहानस्थल बनाउनु पर्ने निष्कर्ष अध्ययन प्रतिवेदनको छ ।’

एडीबीले मेलम्चीमा पहिरो गएपछि दुई वर्ष समय लगाएर यो अध्ययन गरेको आयोजनाले जनाएको छ । मेलम्चीमा १ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) तहसनहस भयो । त्यसयता हरेक वर्ष सरकारले अस्थायी प्रबन्धमार्फत हिउँद महिनामा पानी काठमाडौं वितरण भइहेको छ । वर्षायाममा आयोजनामा क्षति नहोस् भनी सुरुङमा पानी पठाउने मुहान बन्द गरिएको छ । यस वर्ष पनि बाढीले मुहान पुरेको छ । त्यसभित्र कति क्षति भयो भन्ने यकिन भएको छैन । हरेक वर्ष पटके रुपमा हुने यस्तो मर्मतलाई टार्न र स्थायी समाधान निकाल्न मुहान सार्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid