काठमाण्डाै – नेपाल सरकारले प्यालेस्टिनकाे गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणकाे निन्दा गरेकाे छ ।
परराष्ट्र मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेकाे आक्रमणकाे निन्दा गरेकाे हाे । यस्तै मन्त्रालयले मङ्गलवार राति गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
मन्त्रालयले विवादकाे समाधान शान्तिपूर्ण र वार्ताबाट गर्न आग्रह गर्दै भनेकाे छ, ‘हामी नागरिकमाथि भएकाे आक्रमणबारे चिन्तित छौँ । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौँ ।’