sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायलमा ज्यान गुमाएका तीन जना विद्यार्थीकाे शव काठमाण्डाै आइपुग्याे

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० ११:२८
इजरायलमा ज्यान गुमाएका तीन जना विद्यार्थीकाे शव काठमाण्डाै आइपुग्याे

काठमाण्डाै – प्यालेस्टिन विद्रोहीको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली मध्ये तीन जनाको शव काठमाण्डौ आइपुगेको छ ।

इजरायलमा रहेको नेपाली दूतावासले चार वटा शव पठाएकोमा तीन वटा काठमाण्डौ आइपुगेका हुन् । एउटा दिउँसो एक बजे आइपुग्ने छ । ज्यान गुमाएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको शव नेपाल आइपुगेको हो । आशिष चौधरीको शव आज आइपुग्ने इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

तीनवटा शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा राखेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले इजरायलमा रहेका बाँकी शव पनि पठाउने क्रममा रहेको बताउनुभयो । कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गएको असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए ।

आक्रमणमा १० जना नेपालीको ज्यान गएकाे पुष्टि भए पनि एक जना विपीन जोशीको अवस्था भने अझै अज्ञात छ । जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid