April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुग्यो

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० १४:५३
प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुग्यो

प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुगेको छ । असोज २० गते प्यालेस्टाइनको विद्रोही समूहले इजरायलमा आक्रमण गरेयता पहिलोपटक गाजामा राहत सामग्री पुगेको बीबीसीले जनाएको छ ।

हमास–इजरायल युद्ध शुरु हुनासाथ इजिप्टले सीमा बन्द गरेपछि गाजा क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन । युद्ध शुरु हुनुअघि गाजामा दैनिक पाँच सय ट्रक राहत सामग्री पुग्ने गरेको थियो । ठूलो परिमाणमा राहत सामग्री चाहिने गाजामा २० ट्रक राहत सामग्री समुद्रमा एक थोपा जस्तै हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका निकायहरू विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले गाजाको अवस्थालाई विपत्तिजनक भनेका छन् । हमास–इजरायल युद्ध शुरु भएको दुई हप्तामा गाजा क्षेत्रमा चार हजार तीन सय ८५ जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । मृतकमध्ये एक हजार सात सय ५६ जना बालबालिकाहरु छन् ।

यसैबीच इजिप्टको राजधानी कायरोमा इजरायल–प्यालेस्टाइन युद्ध रोक्नका लागि शान्ति सम्मेलन भइरहेको छ । सम्मेलनमा जोर्डन, कतार, इटली, स्पेन, युरोपेली सङ्घ र बेलायतका प्रतिनिधिहरु सहभागी छन् । अमेरिका, इजरायल र इरान भने सम्मेलनमा सहभागी छैनन् । सम्मेलनमा सहभागी प्यालेस्टाइनका नेता महमुद अब्बासले आफूहरुले आफ्नो भूमि नछोड्ने अडान लिनुभएको बीबीसीले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० १४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट