May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

भयावह स्थितिहरु अनुभूति गर्दै, धेरै कामहरु प्रधानमन्त्रीको प्राथमिकतामा

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १५:५२
भयावह स्थितिहरु अनुभूति गर्दै, धेरै कामहरु प्रधानमन्त्रीको प्राथमिकतामा
  • चीन भ्रमणमा सुर्खेत – हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने
  • चीन भ्रमण उपलब्धीमूलक हुने आशा
  • भेरी, कर्णाली करिडोर लगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा

सुर्खेत ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत – हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले आफ्नो चीन भ्रमण उपलब्धीमूलक हुने आशा गरेको पनि बताए ।

उनले भने, ‘हिल्सा-सुर्खेत सडक निर्माणबारे मेरो अब हुन लागेको चीन भ्रमणमा प्राथामिकतामा पनि छ । मलाई विश्वास छ, यसपटक हामी यसमा ठूलो फड्को हान्ने छौं । अहिले यतिनै भने ।’

प्रधानमन्त्री प्रचण्डले भेरी, कर्णाली करिडोर लगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । ‘प्रदेशको मेरुदण्डका रुपमा रहेका कर्णाली, भेरी कोरिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग लगायतका महत्वपूर्ण सडक निर्माणमा मेरो ध्यान गएको छ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले कर्णालीका कच्ची र कमजोर सडकले दुर्घटनाको जोखिम बढेकोेबारे आफू जानकार रहेको भन्दै यहाँको सडक पूर्वाधार विकासमा संघीय सरकारले विशेष जोड दिने बताए । ‘बेरोजगारी र अभावले हजारौं युवा मुग्लान पसिरहेको अनुभूति पनि छ । उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति पनि अनुभूति गरेको छु’ उनले भने, ‘कर्णालीको अभाव, गरिवी र भूगोलमा म बसेकोे छु । कर्णालीको विकास केन्द्रको प्राथामिकतामा छ, मेरो प्रथामिकतामा छ ।’

प्रधानमन्त्री प्रचण्डले कर्णालीमा परिवर्तन महसुस हुने गरी काम गर्ने पनि बताए । कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले भेरी करिडोर र कर्णाली करिडोरलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डले आग्रह गरे ।

‘भेरी र कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजना राखेर निर्माण गरिदिए पुग्छ’, उनले भने, ‘यहाँ आउँदा कर्णाली तपाईंहरुको प्रथामिकतामा पर्छ होला तर सिंहदरबार पुगेपछि कर्णाली केन्द्रको प्राथामिकतामा पर्दैन ।’ कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीले पनि सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।