May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सात वर्षकी बालिकाको बलात्कारपछि हत्या

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० १४:५६
सात वर्षकी बालिकाको बलात्कारपछि हत्या

विराटनगर । दशैं भित्रिसकेको थियो । बुबा, आमा उत्साहका साथ दशैं मनाउने तयारीमा थिए । साथमा ७ वर्षकी छोरी पनि दशैंको उमङ्गमा थिइन् । स्वभाविक हिसावले दशैंमा धेरै खुसी हुने उमेर समूहमा रहेकी ती बालिकाको दशैं दशैं नभएर दशा भएर आयो ।

छिमेकी आफूभन्दा निक्कै धेरै उमेरका युवाले उनलाई जबर्जस्ती करणी गरेर हत्या गर्यो । यो घटना भोजपुर आम्चोक गाउँपालिका वडा नम्बर ६ मा पर्ने बोयङको घटना हो । सँधैझैं कार्तिक २ गते दिउँसैदेखि २१ वर्षीय दिप लिम्बू (छिमेकी) बालिकाको घरमा आए । ति बालिकासँग रमाए खेले । तर, उनैसँग खेलिरहेकी सात वर्षे बालिका भने घर आइनन् । सम्साँझै बेपत्ता भएपछि छोरीको खोजीमा बुबा देवचन्द्र राईसहित स्थानीय जनप्रतिनिधि लागे । साँझ ८ बजेसम्म पनि बालिका भेटिइनन् । प्रहरीमा खबर पुग्यो । बिहानैदेखि प्रहरीले खोजी सुरु गर्यो ।

‘२ गते बेलुका सभा ६ बजेतिर बच्चा हरायो । ८ बजेसम्म परिवारले खोजी भयो । ३ गते बिहान स्थानीयले प्रहरीलाई जानकारी दिए । प्रहरीले बच्चा टाढा नगएको अनुमान गर्दै वरिपरि खोजी कार्य गर्यो । तर, भेटिएन । बच्चा अन्तिममा कोसँग थियो भन्ने खोजीहुँदा दिप राई (२१ वर्ष) छिमेकीसँग फ्रिफायर खेलेको, बच्चालाई लिएर गएको भन्ने कुरा खुल्न आयो,’ भोजपुरका प्रहरी प्रमुख प्रहरी भोजपुरका प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले भने ।

प्रहरीले उसैलाई ३ गते बिहान ११ बजे नियन्त्रणमा लियो । प्रहरीले उसलाई सोधखोज गर्दा थाहा नभएको बयान दियो । ‘म बच्चासँग फ्रिफायर मात्रै खेलेको हुँ, त्यसपछि म घर आएँ बालिकाबारे थाहा छैन भन्ने बयान दियो,’ पाठकले भने ।

तर, शंका उसैमाथि थियो । त्यो दिन उसले मदिरापान गरेको थियो । श्रीमती १९ दिनको सुत्केरी थियो । शंकालाई थप बल मिल्यो । प्रहरीले थप अनुसन्धान गर्दै जाँदा उसको ढाडमा कोतरेको आलो घाउ भेटियो । आफूलाई घाँस काट्न जाँदा घाउ भएको उसले प्रहरीलाई बयान दियो । तर, गाउँलेले भने ३ गते राती साढे १० बजेतिर उसलाई छोड्न दबाब दिए । प्रहरीले मानेन र थप अनुसन्धान गर्ने बतायो । अन्ततः उसले ४ गते बिहान १ बजेतिर जबर्जस्ती करणी गरेर बालिकालाई मारेको बयान दियो ।

त्यसपछि प्रहरीले बालिकाको शवको खोजीमा लाग्यो । ‘बालिकाको शव घरबाट झण्डै ३ किलोमिटर टाढाको गुफामा मारेर फालेको अवस्थामा फेला पर्यो,’ पाठकले भने, ‘गुफाभित्र पानी थियो । पानीमा बच्चा फालिएको अवस्था थियो । पहिले जंगलमा रेप गरेर मारेर त्यहाँ फालेको रहेछ ।’ प्रहरीले पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय भोपुरमा राखिएको छ । बालिकाको शव पोष्टमार्टमको तयारी भइरहेको छ ।

प्रहरीका अनुसार बालिकाको परिवारमा उनका बुबा, आमा र उनकी बहिनी छिन् । उक्त घटनास्थल भोजपुर सदरमुकामबाट पैदाल जाँदा ५ घण्टाभन्दा बढी लाग्छ । पीडित परिवारको घरमा आजै नागरिक उड्डययन तथा पर्यटनमन्त्री सुदन किराँती पुगे । उनले समवेदना व्यक्त गरे । दोषिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले समवेदना व्यक्त गर्दै २० हजार रुपैयाँ सहयोग पनि गरेका छन् । ‘क्रुर घटना भयो । ७ वर्षको बालिकालाई बलात्कार पछि हत्या गरिदियो । गाउँ नै शोकाकुल छ । मैले केही सहयोग पनि गरें,’ किराँतीले भने, ‘हृदयविदारक घटना शान्त्वना दिन गएको हामी रोएर फर्कियौं ।’

किराँतीका प्रेस सल्लाहकार समेत रहेका राजन समिपले सामाजिक संजालमा लेखेका छन्, ‘सात वर्षकी बालिका जसको बलात्कार पछि हत्या भएको थियो । यो समाज किन यति धेरै अमानवीय बन्दै गैरहेको छ ? नानीको आत्माले शान्ति पाओस परिवाजनमा गहिरो समवेदना । यस्ता घटनाका दोशीलाई सम्झिन नसक्नेगरी राज्यले हदैसम्मको कारबही गर्ने ऐन बनाउन जरुरी छ ।’

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।