May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता

नेदरल्यान्ड्ससँग पराजित हुँदै बङ्लादेश विश्व कपबाट बाहिरियो

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० 0६:५३
नेदरल्यान्ड्ससँग पराजित हुँदै बङ्लादेश विश्व कपबाट बाहिरियो

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ ।

नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेश ४२ ओभर दुई बलमा एक सय ४२ रन बनाएर अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्यान्ड्सको जारी विश्व कपमा दोस्रो जित हो ।

जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको बङ्लादेश नवौँ स्थानमा पुगेको छ । जम्मा २ अङ्क रहेको बङ्लादेश अब बाँकी ३ खेल जित्दा पनि सेमिफाइनलमा पुग्ने छैन ।

यस्तै, विश्व कप क्रिकेट अन्तर्गत हिजो भएको पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो ।

जितसँगै अस्ट्रेलियाले ६ खेलमा ८ अङ्क जोडेको छ । अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ । न्युजिल्यान्ड चार नै खेलमा ८ अङ्कसहित नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० 0६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट