April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

गठबन्धनका दलहरुले खुलेर छलफल गर्न सकेका छैनन् : सभामुख

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १५:२४
गठबन्धनका दलहरुले खुलेर छलफल गर्न सकेका छैनन् : सभामुख

काठमाडौं।।

सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरु चयन नहुँदा संसदीय कामकारबाही प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् । समिति सभापति चयनका लागि आफूले गरेको आग्रहलाई राजनीतिक दलहरुले बेवास्ता गर्दा समस्या भएको पनि उनको गुनासो छ।

  • सभापति चयनका लागि राजनीतिक दलहरुले बेवास्ता गर्दा समस्या
  • चयनका लागि राजनीतिक पार्टीहरुले निर्णय चाहिने
  • गठबन्धनमा रहेका दलहरुका बीचमा खुलेर छलफल हुन सकेको छैन
  • समिति सभापति चयनमा ढिलाइ

‘समिति सभापति चयन गर्न राजनीतिक पार्टीहरुले निर्णय दिनुपर्ने हुन्छ । यसो नभएका कारण समस्या भएको हो। सभापतिहरु चयन नभएका कारण संसदीय समितिका कामकारबाही प्रभावकारी हुनमा कठिनाइ छन्’, बिहीबार अनलाइनखबरकर्मीसँगको भेटमा सभामुख घिमिरेले भने। आफूले राजनीतिक दलहरुलाई पटक पटक सभापति चयनका लागि आग्रह गरेको पनि उनले स्मरण गरे।

गत जेठ १५ गते बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख घिमिरेले औपचारिक रुपमै दलहरुलाई समिति सभापति चयनका लागि ७ दिनको समय दिएको बताएका थिए। तर, असार दोस्रो साता बितिसक्दा समेत समिति सभापति चयन हुन नसकेको भनी प्रश्न उठेको छ ।

आफूले दलहरुलाई सबै समितिको एकै पटक सम्भव नभए सम्भव हुने हदसम्म समितिको सभापति चयन गर्ने विकल्प समेत अगाडि सारेको सभामुख घिमिरेले सुनाए। सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले लिने अभ्यास भएकाले त्यसमा समिति सभापति चयन गर्न समस्या नहुने सभामुख घिमिरेको भनाइ छ।

यसका अलावा ठूला तीन दलको शीर्ष तहमा प्रमुख प्रतिपक्षी दलले कुन कुन समितिको सभापति लिने भन्ने विषयमा सहमति भइरहेको जानकारी पाएको भन्दै सभामुख घिमिरेले प्रमुख प्रतिपक्षीले पाउने भनिएको समितिका सभापति भएपनि चयन गर्न प्रस्ताव गरेको बताए ।

‘प्रमुख प्रतिपक्षीले पाउने भनिएको समिति सभापतिका लागि खासै समस्या हुँदैन भने गरौं भनेको हो’ घिमिरेले भने । संसदीय समितिको सभापति समयमै चयन हुन नसक्नुको प्रमुख कारण सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा समिति सभापतिको विषयमा गम्भीर ढंगले छलफल नहुनु रहेको सभामुख घिमिरेको बुझाइ छ ।

‘खासगरी गठबन्धनमा रहेका दलहरुका बीचमा खुलेर छलफल हुन सकेको छैन भन्ने सुन्नमा आएको छ । यसकारण पनि समिति सभापति चयनमा ढिलाइ भइरहेको हो’, घिमिरेले भने । प्रतिनिधिसभाले गत वैशाख १५ गते १० वटा संसदीय समिति गठन गरेको थियो । सभापति निर्वाचित नभएका कारण संसदीय समितिका बैठकहरु जेष्ठ सदस्यको अध्यक्षमा बसिरहेका छन्।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।