नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अरू एक महिना थप्ने निर्णय गरेको छ। गत भदौ १७ गतेदेखि सुरू भएको अभियान तीन महिनाका लागि तय भएको थियो।
सोमबार सर्कुलर जारी गर्दै माओवादीले अभियानलाई अझ परिणामुखि र प्रभावकारी बनाउन एक महिना थप्ने निर्णय गरेको जानकारी गराएको छ।
‘अभियानको रिपोर्ट नियमित रूपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन जारी गरिएको छ।’ आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्णय जानकारी गराउन केन्द्रीय कमिटी सदस्यहरूलाई पठाइएको सर्कुलरमा पार्टीको स्थितिबारे नियमित केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्ने उल्लेख छ।
यस्तै अभियान अन्तर्गत नै मंसिर २२ गते काठमाण्डौंमा जनप्रदर्शन गर्ने निर्णय पनि माओवादीले गरेको छ।गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले प्रतिगमनको विरोधमा काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो ।