April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० 0८:२२
भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

काठमाण्डाै – शुक्रवार राति गएको भूकम्पको थप अध्ययन एवम् अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली जाजरकाेट पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीसहितको टोली अनुसन्धान गर्न शनिवार हिजाे जाजरकोट पुगेको हो ।

याे टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । ‘कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे टोलीले अध्ययन गर्नेछ’ उहाँले भन्नुभयो ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गर्नुभयो ।

शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ । केन्द्रका अनुसार त्यही ठाउँमा केन्द्रबिन्दु भएर राति १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २, १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ र शनिवार दिउँसो ३ बजेर ४० मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको परकम्प गएको छ ।

याे भूकम्पमा परेर अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको ज्यान गइसकेको छ भने दुई सय जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० 0८:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट