April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

बर्दियामा वर्षाले तोड्यो रेकर्ड

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १३:१८
बर्दियामा वर्षाले तोड्यो रेकर्ड
  • बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा
  • २४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा
  • बर्दियाको २२६-४ मिलिमिटर वर्षा रेकर्ड

काठमाडौं ।।

बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो ।विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्री चेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको छ । यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा जनिक छ ।

२४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ । ५० देखि १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘भारी वर्षा’, १०० भन्दा बढी तर २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ र २०० मिलिलिटरभन्दा धेरै पानी पर्नुलाई ‘अति भारी वर्षा’ भएको मानिन्छ । बर्दीयाको रम्भापुरमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

अति भारी वर्षा भएकाले बर्दियामा बाढीको उच्च जोखिममा परेको छ । यहाँका सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेका छन् । स्थानीय खोलामा आएको बाढीले बार्बर्दिया नगरपालिका-८ का सबै गाउँहरू डुबानमा परेका छन् । बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको वडाध्यक्ष नरबहादुर चन्दले बताए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको उनले बताए ।

बर्दियामा कर्णाली, बबइलगायत स्थानीय साना खोलाहरू रहेका छन् । तीन नदी र खोलामा आकस्मिक बाढी आउने भएकोले आसपासका बस्तीलाई सतर्क रहन सरोकारवालाले सूचना जारी गरेका छन् । बर्दियाँसगै सिन्धुलीको मरिनखोला स्टेशन, मकुवानपुरको मकवानपुरगढी, हेटौंडा स्टेशनमा पनि धेरै वर्षा मापन भएको छ । मरिनखोलामा १८१.६, मकवानपुरगढीमा १५५.८ र हेटौंडामा १६७.२ मिलिमिटर वर्षा मापन भएको छ ।

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट