May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

मालपोत अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १५:३३
मालपोत अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा
  • १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेच
  • अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्यो 

काठमाडौं ।।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रसँगै भूपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी  र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्‍यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७१/७२मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ‘ग’का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचको क्रममा विभिन्‍न लिखतबाट उठेको राजश्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । मालपोत कार्यालय पर्साको ‘ग’ फाँटबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको भन्‍दै पर्साको तत्कालिन मालपोत अधिकृत हरिनारायण मिश्रसँग २ करोड ९ लाख ३१ हजार ६४७ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यस्तै तत्कालीन मालपोत अधिकृत भूपबहादुर बोगटीसँग १ करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ,  गोपालबहादुर ढुंगानासँग ३५ लाख ४५ हजार ९५० रुपैयाँ,  पदमप्रसाद अर्यालसँग १६ लाख ८१ हजार ६०० रुपैयाँ, चन्द्रबहादुर भण्डरीसँग २ लाख ४४ हजार ४६२ रुपैयाँ  बिगो माग दाबी गरिएको छ । त्यसैगरी मालपोत कार्यालय पर्साका तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीसँग अख्तियारले १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ विगो माग दाबी गरेको छ भने तत्कालीन नायव सुब्बा किरणप्रसाद उपाध्यायसँग ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ विगो माग दाबी गरेको अख्तियारले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट