May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

भरतपुर महानगर र बाग्मती सरकार मिलेर गाैतमबुद्ध क्रिकेट रङ्गशाला बनाउने

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १६:४१
भरतपुर महानगर र बाग्मती सरकार मिलेर गाैतमबुद्ध क्रिकेट रङ्गशाला बनाउने
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने
  • भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच सहमति 
  • ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा काम अघि बढाउने

चितवन ।।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज मङ्गलवार बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ । बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो ।

बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो । भरतपुर महानगरका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्यारापिटको एक तहमाथि प्यारापिट निर्माण गरिने छ । मैदानको आकार मात्रै बनेको भन्दै उहाँले दुबो लगाउने र पिचको काम गरिने जानकारी दिनुभयो । खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायतका काम यसै चरणमा हुने उहाँले बताउनुभयो ।

यसअघि बनेका संरचनालाई संरक्षण गर्दै खेल खेल्न मिल्ने गरी काम अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । आचार्यले दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौतामार्फत काम अघि बढाइने बताउनुभयो । भरतपुर महानगरकी मेयर रेनु दाहालले प्रदेश सरकारसँग सहमतिसँगै काम अघि बढ्ने बताउनुभयो । यसअघि धुर्मुस–सुन्तली फाउन्डेशनले काम गर्दाको बाँकी भुक्तानीलगायतका विषयमा सङ्घीय सरकारले निर्णय गर्ने उहाँले बताउनुभयो । उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरभित्र रहेको महत्त्वपूर्ण आयोजना भएकाले यसलाई सहजरूपमा सम्पन्न गर्न रोकिएको काम अघि बढाउने गरी प्रदेश सरकारसँग सहमति गरिएको बताउनुभयो । तत्काल बोलपत्र आह्वान गरी काम अघि बढ्ने उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ । धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेशनले २० बिघा छ कट्ठा जग्गामा निर्माण थालेको क्रिकेट रङ्गशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो । फाउन्डेशनले रङ्गशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि अहिलेसम्म निर्माणमा लागेको १८ करोड ४३ लाख रुपैयाँ ऋण कसले तिर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन । रङ्गशाला निर्माणमा अहिलेसम्म फाउन्डेशनले ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ रुपैयाँ खर्च भएको जनाएको छ । त्यसमध्ये १८ करोड ४३ लाख रुपैयाँ ऋण छ । फाउन्डेशनले बक्यौता तिर्न बाँकी राखेर काम छाडेकाले यसलाई अघि बढाउन अप्ठ्यारो परेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १६:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।