May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगाली प्रधानमन्त्रीद्वारा राजीनामा

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० 0७:४९
भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगाली प्रधानमन्त्रीद्वारा राजीनामा

लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्काप्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने मङ्गलबार घोषणा गरेका छन् ।

“प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन”, राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानीपछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भने, “यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको छु ।”

यसअघि मङ्गलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धानकर्ताहरूले विभिन्न मन्त्रालय र कोस्टाको कार्यालयमा छापा मारेको जनाएका थिए । त्यसपछि सरकारी अभियोजकहरूले पूर्वाधार मन्त्री जोआओ गलाम्बालाई दोषी ठहर गर्दै कोस्टाका चिफ अफ स्टाफविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएका थिए ।

सरकारी वकिलहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, अनुसन्धानमा ‘कोषको दुरुपयोग, राजनीतिक व्यक्तित्वहरूद्वारा सक्रिय र निष्क्रिय भ्रष्टाचार र प्रभाव फैलाउने’ आरोप लागेको छ ।

कोस्टामाथि छुट्टै अनुसन्धान भइरहेको छ, ‘जसले सम्झौतालाई गति दिन व्यक्तिगत रूपमा हस्तक्षेप गरेको आरोप लगाइएको छ ।’

अनुसन्धानले देशको उत्तरमा लिथियम खनन छूटका साथै हाइड्रोजन उत्पादन परियोजना र तथ्याङ्क सङ्कलन केन्द्रलाई लिस्बनबाट लगभग १०० किलोमिटर (६२ माइल) दक्षिणमा सिनेसमा स्टार्ट क्याम्पस कम्पनीले निर्माण गर्न लागेको छ ।

उडान जोखिम र अवैध गतिविधि जारी रहन सक्ने सम्भावनालाई उद्धृत गर्दै, सिनेस र स्टार्ट क्याम्पसका दुई अधिकारीहरूको लागि पक्राउ पुर्जी पनि जारी गरिएको थियो ।

पोर्चुगाली वातावरण सुरक्षा निकाय (एपीए) को कार्यकारी बोर्डका अध्यक्षलाई पनि अभियोग लगाइएको छ ।

एपीएले मे मा लिथियम खनन परियोजनालाई अनुमोदन गरेको थियो, जुन ब्याट्रीको उत्पादनको लागि एक आवश्यक धातु हो ।

पोर्चुगलमा युरोपमा सबैभन्दा ठूलो लिथियम भण्डार छ र महाद्वीपको अग्रणी उत्पादक हो, तर यसको हालको उत्पादन पूर्ण रूपमा सिरेमिक र ग्लास बनाउने उद्योगहरूमा जान्छ ।

पार्चुगलको सोसलिस्ट पार्टीबाट कोस्टा सन् २०१५ को अन्त्यदेखि सरकारको कार्यकारी नेतृत्वमा छन् भने उनी सन् २०२२ को जनवरीमा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । राष्ट्रिय वायुसेवा कम्पनी टीएपीसँग जोडिएका शृङ्खलाबद्ध काण्डपछि उनको लोकप्रियतामा गिरावट आएको छ ।-(रासस/एएफपी)

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० 0७:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।