May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

इलाममा विद्यार्थी बोकेको बस भीरबाट खस्दा ३ जनाको मृत्यु

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १३:१३
इलाममा विद्यार्थी बोकेको बस भीरबाट खस्दा ३ जनाको मृत्यु
  • इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा
  • विद्यार्थी बोकेको बस भीरबाट डेढ सय मिटर खस्दा
  • धनुषाका ३  जनाको ज्यान गयो 

इलाम ।।

आइतबार साँझ इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट खस्दा मृत्यु हुनेको संख्या तीन पुगेको छ। बस मेची राजमार्गबाट झण्डै डेढ सय मिटर तल खस्दा धनुषाका तीन जनाको ज्यान गएको हो। इलाम प्रहरीका अनुसार चालकले विपरीत दिशाबाट आइरहेका एक जना मोटरसाइकल चालकलाई जोगाउन खोज्दा बस भीरबाट खसेको हो। ४१ वर्षीय चालक हरिगिन राउत प्रहरी नियन्त्रणमा छन्। आइतबार साँझ ५ बजेतिर  इलामको कन्याम पुगेर फर्कंदै गरेको ना ६ ख ८४२४ नम्बरको बस रोङ गाउँपालिका-३ कोलबुङमा दुर्घटनाग्रस्त भएको थियो।

प्रहरीका अनुसार शैक्षिक भ्रमणका लागि धनुषाबाट इलाम गएको टोलीमा विद्यार्थीका अभिभावक पनि थिए। धनुषाधाम नगरपालिका-९ बाट आएको बस कन्यामबाट फर्कने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा, सोही ठाउँकी ४० वर्षीया तुल्मा लामा र ६० वर्षीया शान्तमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ३२ जना घाइते भएका छन्। घाइतेहरूको बिर्तामोडस्थित बिएण्ड सी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैको अवस्था सामान्य छ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।