May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

हमासका बन्धक छुटाउन कतारको पहल, विपिनका लागि के गर्दैछ सरकार?

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0९:११
हमासका बन्धक छुटाउन कतारको पहल, विपिनका लागि के गर्दैछ सरकार?

हमास-इजरायल संघर्ष सुरु भएको एक महिना बितिसकेको छ। इजराइली बमबारीमा मर्नेको संख्या १० हजार ५६९ पुगिसकेको छ। यसमा ४ हजार ३२४ बालबालिका छन्।

यसबीचमा युद्धविरामको पहल पनि भइरहेको छ। पछिल्ला २४ घण्टामा युद्धविरामको ठोस पहल भएको छ।

हमासले बन्धक बनाएका दुई सयभन्दा बढी मानिस छुटाउन भइरहेको वार्तामा राष्ट्रसंघ पनि सामेल रहेको महासचिव एन्टोनियो गुटेरेसले बताएका छन्।

रोयटर्ससँग उनले भनेका छन्, ‘बन्धकलाई छुटाउन हरसम्भव मद्दत गर्नु हाम्रो जिम्मेवारी हो।’ उनका अनुसार यस विषयमा कतारले सकारात्मक भूमिका निभाइरहेको छ र राष्ट्रसंघ उसको सम्पर्कमा छ। साथै इजरालयसँग पनि राष्ट्रस‌ंघ संवादमै छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका सल्लाहकार मार्क रेगेवले भनेका छन्- रफाह क्रसिङको नजिक दक्षिणी गाजामा भूमध्य सागरसँग जोडिएको इलाकामा सेफ जोन बनाउने विषयमा छलफल भइरहेको छ। त्यहाँ फिल्ड हस्पिटल पनि हुनेछ।

बुधबार इजरायली सेनाले उत्तरी गाजाका मानिसलाई त्यहाँबाट निस्किने सुरक्षित बाटो दिनका लागि बमबारीमा पहिलोपटक अल्पविराम (पज) गरेको थियो।

उता टोकियोमा भइरहेको जी-७ देशको बैठकले गाजामा उत्पन्न मानवीय संकटलाई लिएर तुरुन्त कदम चाल्न जोड दिएको छ। विश्व समुदायले समेत युद्धविरामका लागि आवाज उठाइरहेको छ।

विपिन छुटाउन के गर्दैछ सरकार ?
हमासले एक महिनादेखि गाजा क्षेत्रमा बन्धक बनाएकामा नेपालका विपिन जोशी पनि छन्। उनलाई मुक्त गराउन परराष्ट्र मन्त्रालयले गरेको पहल परिणाममुखी बन्न सकेको छैन। गत असोज २० (अक्टोबर ७) मा हमासले इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिममा १० जना नेपालीको हत्या गरी विपिनलाई बन्धक बनाएर लगेको थियो।

परराष्ट्र मन्त्रालयले जोशीलाई छुटाउन इजरायल, कतार, अमेरिका र इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस (आईएफआरसी) सँग समन्वय गरिरहेको जनाएको छ। सबैभन्दा पहिले जोशीलाई छुटाउन हमाससँग लडिरहेको इजरायललाई नै पहल गर्न आग्रह गरिएको थियो। त्यसपछि अक्टोबर १५ मा परराष्ट्रमन्त्री एनपी साउदले कतारका राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिजसँगको टेलिफोन कुराकानीमा जोशीको खोजीका लागि अनुरोध गरेका थिए।

कतारलाई अनुरोध गरे पनि सकारात्मक नतिजा ननिस्किएपछि नेपालले गाजासहित प्यालेस्टाइन क्षेत्रमा मानवीय सहायताको काम गर्दै आएको आईएफआरसीसँग समन्वय गरेको थियो। अघिल्लो साता अमेरिका भ्रमण क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्दा जोशीलाई पनि ल्याउन आग्रह गरेका थिए। कात्तिक १४ मा साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच द्विपक्षीय भेटवार्ता भएको थियो। त्यही भेटमा उनले जोशीको उद्धारका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए।

संयुक्त राष्ट्रसंघमा भएको युद्धविरामसम्बन्धी प्रस्तावमा भएको मतदानमा नेपाल पनि युद्धविरामको पक्षमा उभिएको थियो। तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धकलाई मुक्त नभएसम्म युद्धविराम नहुने अडान दोहोर्‍याएका छन्।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।