April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर ८ कमेडियनले अमेरिका यात्रा गर्ने

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १५:२९
‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर ८ कमेडियनले अमेरिका यात्रा गर्ने

काठमाडौँ । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरु अमेरिका यात्रामा निस्कने भएका छन् । फ्लाई नेपालको आयोजना रहेको कार्यक्रमका लागि कलाकारको टोली दुई सातापछि अमेरिका प्रस्थान गर्नेछन् ।

फ्लाई नेपालले बिहीबार एक कार्यक्रमका बिच ‘अब हाँस्छ अमेरिका’कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रम आयोजक फ्लाई नेपालका निर्देशक विनोद अधिकारीले अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रमतय भएको जानकारी दिए । अधिकारीका अनुसार कलाकारको टोलीको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउने उदेश्यले कार्यक्रम आयोजना गर्न लागेको अधिकारीको भनाई थियो ।

यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, सन्तोष थापा सहभागी हुनेछन् ।

कार्यक्रममा कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा आफ्नो लागि विशेष रहेको बताए ।

‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत छु’ उनले थपे ।

भरतमणि पौडेलले महजोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको जनाए । उनले दर्शकका लागि पुरानो गेटअपमा नयाँ प्रस्तुति दिने सुनाए ।

कार्यक्रममा बाँकी सहभागीले यात्राका लागि उत्साहित भएको बताउँदै भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घण्टाको रहने बताए ।

एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स,, सानफ्रान्सिस्को लगायतका ठाउँमा आयोजना हुनेछ ।

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।