sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेर ब्यारेलको ७५ डलर, आयल निगमले के गर्ला?

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १४:१२
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेर ब्यारेलको ७५ डलर, आयल निगमले के गर्ला?

एजेन्सी। निरन्तर उकालो लागेर ब्यारेलको १ सय डलर नजिक पुगेको कच्चा तेलको भाउ फेरि घट्न थालेको छ। बिहीबार विश्व बजारमा कच्चा तेलको मूल्य घटेर ७५ डलरमा झरेको छ।

डब्ल्युटीआई क्रुडमा कच्चा तेलको मूल्य ब्यारेलको ७५.७२ डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडमा कच्चा तेल ब्यारेलको ७९.९५ र मुब्रान क्रुडमा ८०.८३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। अहिले विश्व बजारमा कच्चा तेलको भाउ ७५ देखि ८० डलरको बीचमा छ।

एक महिना अघिसम्म कच्चा तेलको भाउ बढेर ब्यारेलको झण्डै १ सय डलर आसपास पुगेको थियो। पछिल्लो समय कच्चा तेलको भाउ लगातार ओरालो लाग्न थालेको हो। साउदी अरेबिया, रसिया र ओपेक प्लसले उत्पादन कटौती गर्दा विश्व बजारमा तेलको मूल्य बढिरहेको थियो। गत जुनदेखि कच्चा तेलको भाउ ब्यारेलमा ३० प्रतिशतसम्म बढेको थियो।

रुस–युक्रेन युद्ध सुरु भएपछि ब्यारेलको १ सय ४० डलरसम्म पुगेको कच्चा तेलको भाउ घट्दै आएको थियो। गत जुलाइमा कच्चा तेलको ब्यारलेको ७० देखि ७५ डलरमा कारोबार भएको थियो। कच्चा तेलको भाउ बढेर ब्यारेलको १ सय डलर पार गर्ने अनुमान गरिएको छ। पछिल्ला वर्ष विश्व बजारमा कच्चा तेलको भाउ तलमाथि भइरहेको छ।

विष्लेषकका अनुसार साउदी अरबलाई आफ्नो महत्वाकांक्षी भिजन २०३० लाई पुरा गर्न तेलको मूल्य प्रतिब्यारेल न्यूनतम् ९० डलरमा चाहिन्छ।

ओपेक र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी दुबैले यो वर्ष माग वृद्धि गति दैनिक २० लाख ब्यारेलभन्दा बढी हुने अनुमान गरेका छ। ऊर्जा एजेन्सीले पनि यो दशकमा कच्चा तेलको माग बढ्ने र त्यसपछि निरन्तर घट्दै जाने प्रक्षेपण गरेको छ। विश्वमा अहिले विद्युतीय गाडीको प्रयोग बढ्न थालेको छ।

आयल निगमले के गर्ला?

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकाले नेपालीले पनि सस्तोमा इन्धन पाउने संभावना बढेको छ। निगमले इन्डियन आयल कर्पोरेशनसँग तेल किन्दै आएको छ। प्रत्येक महिनाको १ र १५ तारिखमा इन्धनको भाउ समायोजन हुने गरेको छ।

निगमले पनि असोजको अन्तिम सातायता इन्धनको भाउ घटाउँदै आएको छ। त्यसबेला विश्व बजारमा कच्चा तेलको भाउ ब्यारेलको ९० डलरमाथि थियो।

नेपाल आयल निगमले कात्तिक १४ गते डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ। काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ सय ६४ रुपैयाँ छ।

यसअघि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ सय ६८ रुपैयाँ थियो। यस्तै असोज २८ गते निगमले पेट्रोलको भाउ लिटरमा ११ रुपैयाँ घटाएर १ सय ७२ रुपैयाँ कायम गरेको छ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid