May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संशाेधनविनै भारतसँगकाे वाणिज्य सन्धि नवीकरण

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १४:१६
संशाेधनविनै भारतसँगकाे वाणिज्य सन्धि नवीकरण
  • भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण
  • दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकको तयारी
  • अवधारणामा बीचमा पनि संशोधन गर्न सकिने

काठमाण्डौ।।

भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनविनै नवीकरण भएको हो । भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनुभयो । ‘हरेक सात वर्षमा नवीकरण गर्नुपर्ने सन्धिकै व्यवस्थाअनुसार स्वतः नवीकरण भएको छ । सन्धि संशोधन र पुनरावलोकनको विषय उठिरहे पनि यस पटक भएन तर बीचमा संशोधन गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘हामी दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकको तयारी गरिरहेका छौँ । त्यस बेला पनि यो विषय उठाउन सकिन्छ ।’ नेपाल र भारतबीचको पारवहन सन्धिबीचमा पनि संशोधन भएको उल्लेख गर्दै सहसचिव तिवारीले वाणिज्य सन्धि पनि त्यही अवधारणामा बीचमा पनि संशोधन गर्न सकिने बताउनुभयो ।

नेपाल र भारतबीच सन् १९७८ मा भएको वाणिज्य सन्धि पछिल्लो पटक सन् २०१६ अक्टोबर (२०७३ कात्तिक) मा नवीकरण भएको थियो । हरेक सात वर्षमा नवीकरण हुने सन्धिमा अघिल्लो पटक पनि कुनै संशोधन भएको थिएन  । तर त्यो बेला पनि वाणिज्य सन्धि संशोधनविनै नवीकरण भएको भन्दै आलोचना भएको थियो । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार हुने देश भारत भएकाले सबैभन्दा बढी व्यापार घाटा पनि भारतसँगै छ । त्यस्तो व्यापार घाटा कम गर्नका लागि वाणिज्य सन्धि पुनरावलोकन गर्न आवश्यक रहेकाले लामो समयदेखि कुरा उठिरहेको थियो । लामो समयदेखि यो सन्धि संशोधन र परिमार्जन नहुँदा नेपालले वैदेशिक व्यापारका क्षेत्रमा विभिन्न समस्या भोग्नुपरेको पूर्ववाणिज्य सचिव चन्द्रकुमार घिमिरेले बताउनुभयो । सन्धि नवीकरणका लागि सन् २०१८ मा नेपालले प्रक्रिया शुरु गरे पनि त्यो पूर्ण नभई बीचैमा रोकिएको र अहिले संशोधनविनै सन्धि नवीकरण हुनु नेपालको हितमा नरहेको उहाँको भनाइ थियो ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट