May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौँ है!’ : रवि लामिछाने

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० ११:५१
‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौँ है!’ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पटक पटक आफ्नाे नाम जाेडेर समाचार आएपछि साँझ पत्रकार सम्मेलन गर्ने भएका छन्।

विभिन्न सञ्चार माध्यममा सहकारीकाे कराेडाैँ रकम ठगी गरेकाे समाचार आएपछि उनले समाचारकाे खण्डन गर्न आजै साँझ पत्रकार सम्मेलन गर्न लागेका हुन्।

सहकारीकाे रकम हिनामिनामा आफ्नाे कुनै पनि संलग्नता नभएकाे भन्दै उनले पहिलेदेखि जे भन्दै आएकाे, अहिले पनि त्यसैमा अडिग भएकाे बताए।

साेही समाचारलाई लिएर सामाजिक सञ्जालमा चर्काे आलाेचना भएपछि उनले आफूलाई गाली गर्न कोही छुट्नु भाे कि भन्दै व्यंग्य पनि गरेका छन्।

‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौँ है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० ११:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।