May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

कन्चन थलंगको ” यो मौसम बैमानी ” सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:३८
कन्चन थलंगको  ” यो मौसम बैमानी ” सार्वजनिक

धरान । ४ बर्ष अघि रिलिज भएको गीत ” चिसो चिसो छ यो मौसम ” को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले ” चिसो चिसो छ यो मौसम “को दोस्रो भागको रुपमा ” यो मौसम बैमानी ” गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।
गायक थलङकै शब्द, संगीत , स्वर संगै अभिनय समेत रहेको गीतको म्युजिक भिडियो गत मङ्गलबार धरानको फ्रेन्ड्स सिनेमा हलमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।
उनलाई म्युजिक भिडियोमा नायिका रेखा लिम्बुले साथ दिएका छन् ।सार्वजनिक भएको छोटो समयमा यो गीत टिकटकमा समेत भाईरल बन्दैछ भने युटयुब भ्युज समेत राम्रै पाइरहेको छ। सन्जिब सुब्बाको संगीत संयोजन , अर्जुन तिवारीको छायांकन, बिवेक सुनारको सम्पादन रहेको म्युजिक भिडियो सान थापाको निर्देशनमा निर्माण भएको हो। यस अघि ” चिसो चिसो छ यो मौसम ” कन्चन थलंग र मेलिना राईको स्वरमा मेल र फिमेल भर्शन ल्याईएको थियो र दुवै भर्सन दर्शक- श्रोताहरु द्वारा रुचाईएको थियो। ” चिसो चिसो छ यो मौसम -२ ” अर्थात् ” यो मौसम बैमानी ” को फिमेल भर्सन समेत चर्चित गायिका मेलिना राईको स्वरमा केहि समयपछि आउने गायक तथा संगीतकार कन्चन थलंगले बताए। म्युजिक भिडियो उनकै अफिसियल च्यानलमा रहेको छ।

म्युजिक भिडियो लिंक

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट