May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

टी-ट्वेन्टी क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौं : कप्तान बर्मा

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० १६:४४
टी-ट्वेन्टी क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौं : कप्तान बर्मा

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वेन्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन् ।

नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वेन्टी–२० श्रृंखला खेल्दैछ । त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिवि क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाई गर्‍यो । सो अवसरमा पत्रकारसँगको कुराकानीमा नवनियुक्त कप्तान इन्दुले आफ्नो लागि समेत अवसरका रूपमा लिएको यस श्रृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरिन् । ।

११ वर्षदेखि नेपालको कप्तानी समाल्दै आएकी रुबिनालाई हटाउँदै क्यानले यसै हप्ता मात्र इन्दुलाई नेतृत्वको जिम्मेवारी दिएको हो । त्यसैले इन्दुका लागि यो पहिलो परीक्षासमेत हुनेछ । कप्तान इन्दुले पनि यसलाई चुनौतीको रूपमा लिएको बताइन् । पछिल्लो समय कमजोर पक्षमा ध्यान दिएको उनले उल्लेख गरिन् । कप्तन इन्दुले विशेष फिल्डिङ र फिटनेसमा काम गरेको बताएकी छन् ।

नेपालले अन्तिम समयमा मात्र प्रशिक्षक नियुक्त गरेको हो । पारस खड्का निकट मानिएका झापाका मनोज कटुवालले महिला क्रिकेट टोलीको प्रशिक्षण जिम्मेवारी पाएका हुन् । नवनियुक्त प्रशिक्षक मनोज कटवालले पनि ६/७ दिनको तयारीबाट चुनौती धेरै भए पनि च्याम्पियन भएर फर्किने आशा व्यक्त गरेका छन् ।

शनिबार क्यानले मुलपानीस्थित मुख्यालयमा टोलीको बिदाई गरेको हो । क्यानका सचिव पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले टोलीलाई बिदाई गरेका थिए ।

क्यानका सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए । साथै उनले पुरुष टोलीले झै सानदार प्रदर्शन गरेर च्याम्पियन हुन आग्रह गरे । क्यानले उपकप्तानको जिम्मेवारी भने बिन्दु रावललाई दिएको छ । नेपाली टोलीमा पूर्वकप्तान रुबिना क्षेत्री, सीता रानामगर, खुशी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुबी पोदार परेका छन् । कात्तिक २९ देखि मंसिर ३ सम्म हुने श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् ।

शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिष्पर्धा गर्नेछन् । श्रृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्ने भएको छ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ मा हुनेछ । नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ । तान्जेनिया र जापान नेपालको लागि नयाँ प्रतिद्वन्द्वी हुन् ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।