March 28, 2024 | बिहिबार, चैत्र १५, २०८०
सुचनाहरु
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा मुम्बई र हैदराबादको खेलमा रेकर्डमाथि रेकर्ड, हैदराबाद ३१ रनले जित्यो नेपाल प्रहरीका ८ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि को हुन् मलेसियमा झन्डै ६ लाख रिंगेट भेट्टाउने नेपाली ? मनसुन शुरु हुनुभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने गृहमन्त्रीको दाबी आगलागी पीडितको स्थायी घर निर्माणका लागि पहल गर्दै मुख्यमन्त्री कार्की इलाममा एकीकृत समाजवादीले जीतबहादुर राई उम्मेदवार बनाउने प्रेस सेन्टर नेपालद्वारा पत्रकार महासंघको निर्वाचन लक्षित बैठक सम्पन्न एसइइ आजबाट सुरु ; पाचलाख बढी परिक्षार्थी सहभागी

रिङरोड बाहिरलाई हेलाँदेखि नेतामुखी बजेटसम्म: चिरीबाबुलाई गुनासो

  • साझा परिवेश
  • शनिबार, बैशाख १६, २०८० १0:१३
रिङरोड बाहिरलाई हेलाँदेखि नेतामुखी बजेटसम्म:  चिरीबाबुलाई गुनासो

१६ वैशाख, काठमाडौं ।

मेयर साब, जावलाखेल र पुल्चोक मात्रै ललितपुर महानगरपालिका हो ?’ ललितपुर महानगरपालिकाले शुक्रबार जावालाखेलमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सुरेन्द्र विष्टले प्रश्न गरे । ‘चक्रपथभित्र र बाहिरको मान्छेले बरबार कर तिर्ने सेवा जति भित्रको लागि मात्रै दिने ? यो कस्तो शासन हो मेयर साब जवाफ दिनुस्’ कान्तिपुर टोल विकास संस्था आबद्ध विष्टले प्रश्न गरेपछि तालि परर आयो ।

विष्टले मात्रै होइन सार्वजनिक सुनुवाइमा १० भन्दा बढी वक्ताले ललितपुर महानगरपालिका पुल्चोक, जावलाखेल केन्द्रित भएको भन्दै गुनासो गरेका थिए । बुङमतीका गोपाल तामाङले महानगरपालिका नाममात्रै भएकोले अनुभूत गर्न नपाएको बताए ।
बुङमती क्षेत्रमा इँट्टा भट्टाको कारण समस्या भएको भन्दै बारम्बार गुनासो गरे पनि सुनुवाइ नभएकोले निरीह भएर बस्नुपरेको उनले सुनाएका थिए । ‘हामी तामाङ समुदाय महानगरपालिकामा कुल मतदाताको जम्मा साढे दुई प्रतिशत मात्रै छौं, हाम्रो कुरा सुनुवाइ नै नभएको महसुस हुन्छ । बुङमतीमा भएको समस्या चक्रपथभित्रको महानगरले किन सुन्दैन ?’ तामाङले आफ्नो गुनासो मेयर महर्जनलाई सुनाए ।

नख्खु क्षेत्रका स्थानीयवासिन्दाहरुले महानगरपालिकाले चक्रपथभित्र स्मार्ट भन्दै प्रचार गरे पनि बाहिरी क्षेत्रमा दयालाग्दो स्थिति रहेको भन्दै महानगरको आलोचना गरेका थिए ।
१८ नम्बर वडाका स्थानीय शिवराम खड्काले ठेकेदारहरुले काम नगर्दा गुनासो गरेपनि महानगरले केही गर्न नसकेको बताए । उनले महानगरपालिकाका चक्रपथ बाहिरका वडाहरुलाई हेलाँ गर्न नहुने तर्क गरे ।

स्थानीय पूर्ण खत्री ‘रिङरोड बाहिरको विकास खै ?’ भन्दै प्रश्न गरेका थिए । खत्रीले आफू रुकुमबाट १५ वर्ष अगाडी ललितपुर आएको भन्दै अहिले पनि ललितपुर महानगर रुकुमको भन्दा धेरै विकास नभएको भन्दै व्यंग्य हानेका थिए ।

सार्वजनिक सुनुवाइमा चक्रपथ नाघ्न नसकेको विषय आएपछि जवाफमा ललितपुरका मेयर चिरीबाबु महर्जनले साविकको गाविस र कार्यविनायक नगरपालिकामा विकास गर्न बाँकी रहेको बताए । ‘कतिपय वडाहरु गाविसबाट कार्यविनायक नगरपालिका हुँदै महानगरमा परिणत भएका छन, त्यसले गर्दा साविक ललितपुर उपमहानगरपालिकाका वडा बराबरको विकास हुन सकेको छैन, त्यो सत्य हो,’ महर्जनले भने ‘विकास भनेको एकैरातमा हुने कुरा होइन, यसको लागि महानगरपालिकाले योजना सहित आगाडी बढेको छ ।’

उनले चक्रपथ बाहिरको वडाहरुको लागि बजेटमा सिलिङ बढाएको बताउँदै आगामी आर्थिक वर्षहरुमा पनि विकासको समानता हुनेगरी बजेट छुट्याउने बताए । उपप्रमुख मञ्जला शाक्य बज्राचार्यले सबै क्षेत्रको विकासको लागि महानगरपालिका प्रतिबद्ध भएको सुनाएकी थिइन् ।

नेतामुखी बजेटको आरोप

सार्वजनिक सुनुवाइमा ललितपुर महानगरपालिकालमा योजना छान्दा नेतामुखी भएको भन्दै स्थानीयले आलोचना गरेका छन् । ‘बजेट छान्दा नेताको गोजीबाट हुन्छ, वडाबाट र महानगरबाट पनि त्यहि समस्या रहेको छ,’ सहभागी एक सदस्यले भने ।

उनले २ लाखको योजनामा काम हुने भएपनि कतिपय वडाध्यक्षले १० लाखको योजना हालेको गुनासो गरे । यस्तै अर्का एक वक्ताले शहरी क्षेत्रमा रहेको फुटपाथमा विकासको नाममा वडाध्यक्षहरुले भइरहेको फुटपाथलाई भत्काएर नयाँ बनाएर बजेटको दुरुपयोग गरेको आरोप लगाएका थिए ।

जवाफमा अनुगमन समितिकी संयोजक समेत रहेकी उपप्रमुख शाक्यले फुटपाथको लागि बागमती प्रदेश सरकारको २ करोडको बजेटको काम गरिरहेको भन्दै गुनासो अनुसार अनुगमन गरेर भइरहेको ठाउँमा नभत्काउन निर्देशन दिएको बताए ।

पूर्णभद्र चित्रकारले साइकल लेनको औचित्यबारे प्रश्न गरेका थिए । चित्रकारले वडाध्यक्षहरुले मनोमानी ढंगले बजेट परिचालन गरेको भन्दै अनुगमन गर्नुपर्ने माग गरेका थिए । ‘सार्वजनिक भवन बनाउँदा नक्सा पास हुनुपर्ने भएपनि कतिपय भवनको भएको छैन, सिजी ग्रुपले बनाएको जस्तो महानगरले नगरोस् ।’ चित्रकारले भने ।

सार्वजनिकसुनुवाईमा स्थानीय महेशरत्न बज्रचार्यले नगरपालिकाले समिट होटलको विषयमा महानगरपालिकाले के गर्दै छ भन्ने प्रश्न गरेका थिए । जवाफमा उपप्रमुख शाक्यले आफ्नो संयोजकत्वमा छानविनि भइरहेको बताएकी थिइन् ।

अपाङ्गता भएका तर्फबाट भोेजराज श्रेष्ठले महानगरपालिकालाई प्रश्न गर्दै अपाङ्गता परिचय पत्र सहज ढंगले दिनुपर्ने माग गरेका थिए । उनले ह्विल चियर वितरण गर्दा मेडिकल ह्विल चियर नभइ अपाङ्गता मैत्री हुनुपर्ने बताएका थिए ।

यस्तै बालिका इशा शाक्यले महानगरपालिकाले बालबालिकाको लागि छुट्याएको बजेट सोही क्षेत्रमा खर्च नभएको भन्दै ध्यानाकषर्ण गराएकी थिइन् । उनले बजेट निर्माण र महानगरको योजना छनौटमा बालबालिका छुटाएको भन्दै आपत्ती प्रकट गरेकी थिइन् ।

महानगरपालिकामा लिखित रुपमा फोहोर जलाएको, ट्राफिक जामले समस्या भएको, महानगरका कर्मचारीहरुले तालिम गोष्ठीको नाममा धुलिखेल, नगरकोटमा गएर खर्च गरेको लगायत विषय उल्लेख गरेको थियो ।

सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जला शाक्य बज्राचार्य,ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल लगायतले जवाफ दिएका थिए ।

महानगरपालिकाले सार्वजनिक सुनुवाइमा अपाङ्गता भएको क्षेत्र, महिला, बालबालिका, सामाजिक संस्थामा आवद्ध भएका, टोल विकास संस्था, व्यवसायीलगायतको सहभागित गराएको थियो ।

  • साझा परिवेश
  • शनिबार, बैशाख १६, २०८० १0:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट