May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० 0८:२९
हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

काठमाण्डाै – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, राप्ती पुल पारि थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको ज्यान गएको छ । मोटरसाइकलमा रहेका अरु दुई जना घाइते भएका छन् ।

ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये हेटाैँडा–४ कमलडाँडाका २२ वर्षका महेन थापा मगरको हेटाैँडा अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मोटरसाइकल थापाले नै चलाएका थिए । मोटरसाइकलको पछाडि बसेका हेटाैँडा–२ सङ्गमचोककी १८ वर्षीया बेबिशा खड्गीको अवस्था गम्भीर रहेको छ । खड्गीलाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।

यस्तै, हेटाैँडा–५ गर्दोइ बस्ने १९ वर्षीया विनिता थापाको हेटौँडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० 0८:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट