sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डेटिङमा जानुअघि टेन्सन हुन्छ ?

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० 0९:१७
डेटिङमा जानुअघि टेन्सन हुन्छ ?

काठमाडौँ । डेटिङमा जानुअघि कसै कसैलाई निकै टेन्सन हुन्छ । नयाँ मान्छेलाई भेट्दा संकोच हुनु त सामान्यै भइहाल्यो ।

यस्तो बेलामा कसैलाई तनाव पनि हुन सक्छ । यो पनि सामान्य नै हो । तर कसै कसैलाई चाँहि डेटिङ भन्ने बित्तिकै डर र चिन्ताले छोप्छ । डरकै कारण सम्बन्ध सुरु गर्नुअघि नै डेटिङको प्लान नै क्यान्सिल गरिदउ सोच्न थाल्छन् ।

यस्तो महिला र पुरुष दुबैलाई हुनसक्छ । डेटिङको विषयमा अधिक तनाव लिँदा शरीरमा कयौँ नेगेटिभ रियाक्शन उत्पन्न हुन्छ । जस्तो: पसिना आउन थाल्छ, तपाई काम्न थाल्नु हुन्छ । मुटुको धड्कन तेज हुन थाल्छ । नकारात्मक विचारधारा आउँछन् ।

के कारणले गर्दा हुन्छ एङ््गजाइटी

डेटिङको जुनसुकै चरणमा एङ्जाइटी हुन सक्छ । अघिल्ला सम्बन्धहरुबाट पाएको चोट, आत्मविश्वास वा आत्मसम्मानको कमी, लजालु बानी, डिप्रेशन, अस्वीकृत हुने भय जस्ता कारणले पनि डेटिङमा जानु अघि चिन्ता उत्पन्न हुन सक्छ । डेटिङ सुरक्षित होला कि नहोला भन्ने चिन्ता, आफूलाई भएको कुनै रोग वा बिमारीप्रति लाज मान्नु वा डेटिङको अनुभवै नहुनु पनि यसका कारण हुन सक्छन् । लामो समयसम्म कुनै सम्बन्धमा रहेपछि फेरि डेटिङ सुरु गरेका व्यक्तिहरुलाई यस्तो चिन्ता धेरै हुनसक्छ ।

सन् २०२१ मा भएको एउटा अध्ययनमा डेटिङबारे चिन्ता गर्ने मानिसहरुमा अस्वीकृत हुने वा अर्को व्यक्तिलाई अस्वीकार गर्नुपर्ने होकि भन्ने डर हुने पाइएको छ । नयाँ मान्छेसँग घुलमिलमा समस्या भएकाहरुमा यस्तो समस्या बढी भेटिन्छ । पैसा, जागिर वा घरपरिवारमा कुनै समस्याले पनि व्यक्तिको मनोबल प्रभावित भएका हुनसक्छ ।

भयको व्यवस्थापन कसरी गर्ने ?

तपाईँलाई पनि डेटिङमा जानुअघि धेरै तनाव हुन्छ भने थेरापिष्टको मद्दत लिन सक्नु हुन्छ । आफ्नो डर वा भयको कारण के हो सोको चुरो खोज्नुस् । आफ्नो भावनालाई नियन्त्रणमा राख्नुस् । नकारात्मक विचारको भुमरीमा फस्नबाट बच्नुस् । ध्यान, योगा गर्नुस् अनि आफूसँग सकारात्मक भएर कुरा गर्नुस् । डेटिङ एङ्जाइटीको व्यवस्थापन गर्न सकिन्छ । एङ्जाइटीका कारणहरु खोजबिन गरेर यसले आफ्नो व्यक्तित्व र समग्र जीवनमा कसरी असर गरिरहेको छ भने पत्ता लगाउन सकिन्छ ।

डेटिङमा जानुअघि डेटिङको गोल र आवश्यकता निर्धारण गर्नुस् । ताकि डेटिङमा के अनुभव चाहिएको हो भने बुझ्न सकियोस् । सम्बन्धको प्रवृत्ति, कमजोरी र बलियो पक्षबारे इमानदार भएको मूल्यांकन गर्न सकिन्छ । डेटिङ समय कटाउनका लागि मात्रै हो कि जीवन बिताउनै हो भनेर सोच्नुस् । यसले स्वस्थ भावनात्मक र शारीरिक सीमा तय गर्न सघाउँछ ।

एक अर्कासँग खुलेर स्पष्ट भएर इमान्दारितापूर्वक कुरा गर्नुस् । एक अर्काको सम्मान गर्नुस् । आ–आफ्नो अपेक्षा र मापदन्डबारे दुबै वजना स्पष्ट रुपमा बोल्नुस् । सहज महसुस गर्नुस् । आफूलाई सहज महसुस हुने ठाउँमा डेट जानुस् । डेटिङ पार्टनरलाई खुलेर मनको कुरा बताउनुस् । आफ्नोबारे इमानदार भएर कुरा गर्नुस् । आफैलाई माया गर्नुस्, माफी दिनुस् अनि आफू जस्तो छ त्यस्तै स्वीकार पनि गर्नुस् । यति गर्दा पनि डेटिङसम्बन्धी भय मनबाट गएको छैनन् भने केही समय ब्रेक लिनुस् र आफूलाई सहज महसुस भएपछि मात्रै डेटिङ सुरु गर्नुस् ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० 0९:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid