sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतीय फूलका कारण स्वदेशी उत्पादन खेर, झण्डै ३० लाख माला भारतबाट भित्रिएपछि किसान निरास

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० १३:३५
भारतीय फूलका कारण स्वदेशी उत्पादन खेर, झण्डै ३० लाख माला भारतबाट भित्रिएपछि किसान निरास

काठमाण्डाै – यसपालि तिहारमा सोचेजस्तो नेपाली फूलको कारोबार भएन । पोहोर राम्रो मूल्य पाएपछि फूल खेती बढाएका किसान यसपालि निराश भएका छन् ।

फूल किसान र फूल व्यवसायीले यस वर्षको तिहारमा फूलको कारेबार नै नभएको र भए पनि निकै सस्तोमा फूल बेच्नुपरेको गुनासो गरेका छन् ।

फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले भारतबाट फूलको आयातलाई प्रतिबन्ध लगाउन आग्रह गर्दागर्दै पनि आयात नरोकिँदा किसान र व्यवसायी मर्कामा परेका बताउनुभयो । उहाँका अनुसार भारतबाट सयपत्री फूलका झण्डै ३० लाख वटा माला आयात भएको छ ।

सयपत्री फूलका १५ लाख माला वैध बाटोबाटै नेपाल भित्रिएका छन् । अवैध रुपमा १५ लाखभन्दा धेरै माला भित्रिएको अनुमान छ । फ्लोरिकल्चर एसोसिएशनले यसपालि नेपालमा रहेका भारतीयमूलका व्यक्तिलाई लक्षित गरी ५ लाख माला मात्रै नेपाल ल्याउन अनुमति दिन भनेको थियो । तर, त्यसो हुन नसक्दा नेपाली किसानले उत्पादन गरेको फूल त्यसै खेर गएको छ ।

बजार, चोक तथा सडक पेटीहरुमा किसानले बेच्न ल्याएको फूल नबिकेर त्यसै फालिएको छ । यस्तै, काठमाण्डाै महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा पनि यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।

सरकारले भारतीय फूललाई कडाइ नगर्दा फूल किसान र व्यवसायी मारमा परेका फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid