धादिङ । नेपाल संवत् धादिङमा पनि सबै समुदायका मानिस जम्मा भएर धुमधामसँग मनाएका छन् ।
सदरमुकाम धादिङबेंसी आसपास बसोबास गर्ने नेवार समुदायका साथै विभिन्न जातजातिका मानिसहरु भेला भएर परम्परागत वेशभूषा र धर्म-संस्कृति झल्कने गरी झाँकीसहित नेपाल संवत् ११४४ मनाएका हुन् ।
हरेक वर्षको तिहारको चौथो दिन पर्ने नेपाल संवत्को नयाँ वर्ष नेवार समुदायले मात्र मनाउँदै आएकामा धादिङमा भने सबै जातजाति सहभागी भए । साथै विभिन्न जातजातिको र्यालीसमेत निकालिएको छ ।
धादिङबेंसीको पुछारबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेपछि बजारको मध्यभागमा आएर सभामा परिणत भएको थियो ।