sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १७:१५
किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?

काठमाडौं- हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ। बिहीबारसम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेतले बताए।

‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?’, बस्नेतले फेसबुक लाइभ गर्दै भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं। बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं।’

उनका अनुसार, अहिले विदेशी फिल्मले १० वटा शो पाउँदा चलचित्र दिमाग खराबले ३ देखि ४ वटा मात्रै पाएको छ। नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत उनले बताएका छन्।

‘कसैलाई निहुँ खोज्न, रिस राखेर यो गरेको होइन। सबैले व्यापार गरेपछि राम्रो फल आओस् भन्ने आशा गर्नु हुन्छ, त्यति मात्र गरेको हो’, बस्नेतले प्रष्टिकरण दिएका छन्, ‘चुनौती लिएरै यो निर्णय गरेका छौं, अफिसियल लेटरमा लेखेर पनि चाँडै सार्वजनिक गर्छौं।’

बस्नेतले ‘वर्ड अफ माउथ’ राम्रो हुँदै गएपनि हलहरुले शो नदिएको गुनासो गरे। उनले विदेशी फिल्म बराबर आफूहरुलाई शो दिनुपर्ने समेत बताए। ‘जतिसम्म शो चलिरहन्छ त्यतिञ्जेल प्रोड्यूसरले ५०/५० प्रतिशत शेयर समेत पाउनुपर्छ भन्ने हाम्रो माग हो’, बस्नेतले भने।

उनका अनुसार, पहिलो र दोस्रो हप्ता फिल्म लाग्दा निर्माताहरुले आम्दानीको ५० प्रतिशत पाउँछन् भने वितरकहरुले ५० प्रतिशत राख्छन्, त्यसमा डिस्टिब्यूटरको शेयर, करहरु लगायत काटिन्छ।

‘तेस्रो हप्तामा निर्माताले पाउने भनेको ३५ प्रतिशत हो, फिल्मको वर्ड अफ माउथ राम्रो हुँदै अहिले बल्ल अकुपेन्सी दैनिक बढिरहेको छ’, बस्नेतले भने, ‘हल भरिँदै गएको छ, तर शो घट्दै गएको छ। विदेशी फिल्मको व्यापार घट्दै जाँदा मात्र बढी पाउने हिसाबको देखिएको छ, त्यतिबेला निर्माताले कति प्रतिशत पाउँछन् ?’

फिल्म निर्माणमा चार करोड रुपैयाँभन्दा बढी खर्च भएको समेत उनले बताएका छन्। ‘हामीले व्यापार मात्र हेरेका होइनौं, तर कामको मूल्य त हुनुपर्‍यो भन्ने हो’, बस्नेतले भनेका छन्।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १७:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid