sweet bonanza
June 19, 2026 | शुक्रबार, असार ६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बच्चाबच्चीलाई कुनै तनाव हुँदैन भन्ने न सोच्नुस्

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १२:0८
बच्चाबच्चीलाई कुनै तनाव हुँदैन भन्ने न सोच्नुस्

आर्थिक, सामाजिक, पारिवारिक वा स्वास्थ्यसम्बन्धी समस्या बाहिरबाट स्पष्ट देखिने समस्या हुन्। यी समस्यासँग जुध्ने व्यक्तिलाई तनाव भएको छ भनेर जो कोहीले सहजै अनुमान गर्न सके पनि कुन घटनाले व्यक्तिलाई कति तनाव दिन्छ भन्ने कुरा अनुमान गर्न सकिँदैन।

तनाव वा चिन्तालाई स्लो पोइजन वा मन्दविष पनि भनिन्छ । किनभने तनावले शरीर र मन दुवैलाई विस्तारै क्षय गर्दै लैजान्छ। अन्त्यमा मृत्युको मुखसम्मै पु¥याइदिन्छ। परिवर्तन सिर्जित नयाँ वातावरण वा परिस्थिति, कायम बोझ, काममा आउने बाधा वा अवरोध, कोलाहलपूर्ण वातावरण र कहिलेकाहीँ कार्यभार नपुगेर पनि व्यक्तिलाई तनावले ग्रस्त पार्दछ। छोटो समय र सकारात्मक तनावले व्यक्तिलाई कार्यमा सक्रिय हुन प्रेरित गर्छ। दीर्घकालीन तनाव त व्यक्तित्व तथा मानसिक एवं शारीरिक स्वास्थ्यलाई ध्वस्त पार्ने भुसको आगो समान हुन्छ।

सामाजिक पुनर्समायोजन मापन स्केल (एसआरआरएस) ले दीर्घकालीन तनावका कारकका रूपमा धनसम्पत्ति, जागिर, स्वास्थ्य, वैवाहिक सम्बन्ध, बालबच्चासँगको द्वन्द्व तथा समय र जिम्मेवारीलाई प्रमुख मानेको छ। वास्तवमा आर्थिक, सामाजिक, पारिवारिक वा स्वास्थ्यसम्बन्धी समस्या बाहिरबाट स्पष्ट देखिने समस्या हुन्। र, यी समस्यासँग जुध्ने व्यक्तिलाई तनाव भएको छ भनेर जो कोहीले सहजै अनुमान गर्न सके पनि कुन घटनाले व्यक्तिलाई कति तनाव दिन्छ भन्ने कुरा अनुमान गर्न सकिँदैन। यस अर्थमा तनावका कारक दुःखद् घटना विशेष हुँदाहुँदै पनि व्यक्तिको चिन्तनगत वैविध्यले तनावको मात्रामा फरक पारेको हुन्छ। यसैले बाह्य कारण तनावका उद्दीपक भए पनि तनावको मूल कारण व्यक्तिगत सोच वा चिन्तन नै हो।

अंग्रेजी महान् नाटककार शेक्सपियर कुनै पनि चिज वा घटना आफैंमा असल वा खराब नभए पनि मानिसको सोचले घटना विशेषलाई असल वा खराब बनाउँछ भन्ने दृष्टिकोण राख्छन्। दैनिक जीवनमा पनि कसैको मृत्युको खबर सुन्दा हामी दुःखी हुन्छौं। र, उसका आफन्त ठूलो चिन्तामा छन् भन्ने अनुमान लगाउँछौं। तर, त्यही परिवारका व्यक्तिहरू लामो समयदेखि ब्रेन ह्यामरेजका कारण थलिएको आफ्नो प्रियजनको मृत्युलाई तनावमुक्तिको कारकका रूपमा लिएका हुन सक्छन्।

मृत्युको यस घटनाले परिवारमा तनाव थप्नुको सट्टा राहत प्रदान गरेको पनि हुन सक्दछ। बन्जी वा स्काई ड्राइभ कुनै व्यक्तिका लागि निकै रोमाञ्चक खेल बन्न सक्छन्। अर्काथरी व्यक्तिलाई जबर्जस्ती खेलाउन थाल्ने हो भने तनावका कारण हृदयाघातजन्य दुर्घटनाको कारक बन्न सक्छन्। जीविकोपार्जनको माध्यम बनेको जागिर अकस्मात गुमाउँदा जोकोहीलाई अवश्य पनि दुःख र चिन्ता लाग्दछ। तर, चिन्ताको मात्रा जागिर गुमेकैले सबै व्यक्तिमा समान नै हुन्छ भन्न सकिँदैन। जुन व्यक्ति जागिरलाई आफ्नो सर्वस्व सम्झेको छ, पूरा जीवनभर जागिर गर्ने सोच बनाएको छ। उसका आश्रित जहान परिवारको संख्या पनि ठूलो छ भने असह्य तनाव र पीडा महसुस गर्दछ। भर्खर पढेर आएको नवजवान व्यक्ति जागिर जुमाउँदा क्षणिक रूपमा चिन्तित भए पनि अर्को जागिरका लागि अझ राम्रो अवसरको ढोकाका रूपमा त्यस घटनालाई लिन सक्दछ।

जोन मिल्टनले भनेझैं हाम्रो मस्तिष्क त्यस्तो चिज हो जसले नर्कलाई स्वर्ग र स्वर्गलाई नर्क बनाउन सक्छ। तनाव लिने व्यक्तिलाई सुविधा कटौती हुँदा मात्र होइन सुविधा थप हुँदासमेत तनाव नै थप हुन्छ। उसका लागि तनावको अर्को कारण आवश्यक पर्दैन। विगतमा मैले यति सुविधा किन नपाएको भन्ने सोच नै उसका लागि तनावको पर्याप्त कारण बन्न सक्दछ। व्यक्तिको समाज, परिवार वा कुनै संस्थाप्रतिको आकांक्षा कस्तो छ भन्ने कुराले उसमा के कति तनाव सिर्जना हुन्छ भन्ने निर्धारण गर्दछ। आफूले पाउनुपर्ने आदर–सत्कार एवं मानमर्यादा प्राप्त नभएमा जतिसुकै भौतिक वस्तु वा सुविधा पाए पनि व्यक्ति खुसी हुन सक्दैन।

मैले के कति मानसम्मान पाउनु पर्ने नपाए कत्तिको अपमानित महसुस गर्ने भन्ने विषय व्यक्ति विशेषका आफ्ना काल्पनिक विषय हुन्। यस्ता विषयमा उच्च आकांक्षा राख्ने व्यक्ति जीवनभर पटकपटक निराशा र तनावको सिकार बन्नु पर्छ। जीवनलाई साधारण रूपमा लिन सक्ने अनि श्रीमद्भगवत् गीतामा भनिएझैं लाभ–हानि, विजय–पराजयमा समान भाव राख्न सक्ने व्यक्ति तनावको रागमा पिल्सिनै पर्दैन। आफ्नो स्तर वा अहम्मा बढी ध्यान दिने प्रवृत्ति वा सोच तनावको मूल कारण हो। यसमा विषयवस्तुप्रतिको चेतनाको स्तरले पनि तनावको मात्र निरूपण गर्छ। सार्वजनिक सवारीमा यात्रा गर्दा अघिल्लो सिटमा बस्दा आनन्दानुभूति गर्ने वा रंगमञ्चमा नाटक मञ्चन हुँदा पहिलो लाइनमा बसेर हेर्ने चाहना राख्ने व्यक्तिलाई फिल्म हलमा बाल्कोनी वा पछाडिका विशिष्ट सिटमा राखिदिँदा असन्तुष्टि र छटपटी सिर्जना हुन्छ। कमसल र कम मूल्यको अघिल्लै सिटमा राखिदिए उसको तनाव अन्त्य हुन्छ। तर जब उसलाई बाल्कोनी र पछिल्ला सिटको महत्त्व ज्ञान हुन्छ तब पूर्व घटनालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ।

बच्चाबच्चीलाई कुनै तनाव हुँदैन भन्ने सोच र सूचना तथा सञ्चारका अनेक स्रोतमा निर्वाध पहुँच एवं विद्यालयमा दिइने दबाबपूर्ण कामले बालबच्चा पनि गम्भीर प्रकृतिको तनावको सिकार भएका हुन सक्छन्। अभिभावकको उच्च आकांक्षा र बालबालिकाको उपलब्धिस्तरबीच तालमेल हुन नसक्दा घरघरमा तनावले प्रवेश पाएको देखिन्छ। मोबाइल र कम्प्युटरमा झुन्डिने बानीले आज व्यक्ति समुदायका बीचमै एकलकाटे बन्दै गएको छ। जसले गर्दा आफ्ना कुरा अभिव्यक्त गर्न नपाई कुण्ठित हुने गरेको छ। यसैले दिनानुदिन समाजमा तनाव र यसले सिर्जना गर्ने समस्यामा बढोत्तरी हुँदै गएको छ। विषम परिस्थितिमा आफू र परिवारलाई तनावमुक्त राख्न स्वस्थ विचार, आहार, आनीबानी र सम्बन्धमा ध्यान दिनु आवश्यक छ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid