April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

इजराइल–हमास युद्ध : पाँचौँ पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १७:३२
इजराइल–हमास युद्ध : पाँचौँ पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्

संयुक्त राष्ट्रसङ्घ, २९ कात्तिक (एपी) : चार पटकसम्मको असफलतापछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजराइल–हमास युद्ध सम्बन्धमा एक प्रस्ताव लैजानका लागि पाँचौँ पटक प्रयास गरिरहेको छ । यद्यपि शब्दमा सहमति बनाउनका लागि गम्भीर मतभेदहरूलाई हटाउन सकिन्छ वा सकिँदैन त्यो हेर्न बाँकी छ ।

वार्ताअन्तर्गत विद्यामान मस्यौदामा सर्वसाधारणलाई अतिआवश्यक सहायता प्रदान गर्नका लागि गाजापट्टीमा ‘तत्काल विस्तारित मानवीय विराम’ को माग गरिएको छ ।

मस्यौदामा सर्वसाधारणका लागि सुरक्षाको आवश्यकता भएको, बालबालिकाका लागि विशेष सुरक्षाको माग गरिएको र बन्धक बनाउने कार्यमा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय मानवीय कानूनको पालन गर्न‘सबै पक्ष’ लाई माग गरिएको छ ।

तर परिषद् सदस्य माल्टाले प्रस्ताव गरेको र एपीले मङ्गलबार प्राप्त गरेको मस्यौदामा युद्धविरामका बारेमा केही उल्लेख गरिएको छैन । मस्यौदाले इजराइलमाथि हमासले अक्टोबर ७ मा गरेको आश्चर्यजनक हमलाको पनि उल्लेख गरेको छैन ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेबारी पाएको १५ सदस्यीय परिषद् युद्ध सुरु भएपछि उसको आन्तरिक विभाजनका कारण निष्क्रिय भएको छ ।

यो तत्काल युद्धविराम चाहने चीन र रुस तथा मानवीय विरामको आह्वान गर्ने इजराइलको सबैभन्दा निकट सहयोगी अमेरिकाबीचको मामिला हो ।

पछिल्ला चार प्रयासमा ब्राजिलले तयार गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो । अमेरिकाले बनाएको प्रस्तावलाई रुस र चीनले भिटो लगाएका थिए । साथै रुसका दुई प्रस्तावले आवश्यक न्यूनतम नौ ‘हुन्छ’ भन्ने मत प्राप्त गर्न असफल भएका थिए ।

परिषद्का थुप्रै कूटनीतिज्ञहरूले विपक्षी पक्षहरू नजिक आइरहेको बताएका छन् । दुई कूटनीतिज्ञले नयाँ मस्यौदामाथि बुधबार मतदान हुनसक्ने बताएका छन् ।

विचाराधीन प्रस्तावमा भनिएको छ, “मानवीय विराम राष्ट्रसङ्घ, रेडक्रस, अन्य सहायताकर्मीहरूलाई पानी, बिजुली, इन्धन, खाद्यान्न र औषधि आपूर्तिमा आवश्यक भएकाहरूलाई उपलब्ध गराउन कोरिडोरहरू पर्याप्त मात्रामा खोलिनुपर्छ ।”

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट