April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

प्रकाश दुतराजको ‘रिमै..’करोड क्लबमा

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:२३
प्रकाश दुतराजको ‘रिमै..’करोड क्लबमा

बेनी : म्याग्देली कलाकार प्रकाश दूतराजको गीत ‘रिमै.. ’ करिब चार हप्तामै ‘युट्युब’मा एक करोडभन्दा बढी पटक हेरिने म्युजिक भिडियोको सूचीमा परेको छ। कात्तिक ३ गते सर्जकको आफ्नै प्रकाश दुतराज युट्युब च्यानलबाट सार्वजनिक भएको गित बिहीबार बिहानसम्म एक करोड दश लाख ६६ हजार पटक हेरिएको छ। दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै…’दुई दिनअघि करोड क्लबमा प्रवेश गरेको हो।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जिवन शैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित गितको म्युजिक भिडियोमा एक लाख ६४ हजारभन्दा जना दर्शकले लाइक र ६ हजारभन्दा बढीले प्रतिक्रिया लेखेका छन्।

दर्शक स्रोताहरुको लोभलाग्दो माया पाइरहेको गीतलाई सबैले प्रसंसा गरेका छन्। सामाजिक सञ्जालमा अहिलेको सबैभन्दा चर्चित बनेको यो गितमा प्रकाश र मेलिना राईको स्वर छ। यसअघि प्रकाश र मेलिनाको स्वर रहेको ‘जुन माया’ गितले पनि चर्चा पाएको थियो।

प्रकाशको शब्द र संगित रहेको गितलाई बि.बि. अनुरागीले एरेन्ज गरेका हुन्। दैलेखको गुराँस गाउँपालिकामा पुगेर छायांकन गरिएको गितमा प्रकाश र केपिना गोतामेको अभियन छ। रिमै गितको म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन मौसम हिमाली र अनिल के मानन्धरले छायांकन गरेका छन्। नविन घर्तिमगरले भिडियो सम्पादन गरेका थिए।

करिब १४ मिनेटको गीतको म्युजिक भिडियोमा राउटे युवक ज्यामिरे र युवती वाजकलीको प्रेमकथा प्रस्तुत गरिएको छ। प्रकाशले ज्यामिरे र केपिनाले वाजकली पात्रको अभियान गरेका छन्। मिठास शब्द र संगितले भरिएको गितको भिडियोमा मार्मिक र अर्थपुर्ण दृष्य र कथा समेटिएको छ।

‘देउरालीमा धजा रिमै, मन उतै नजा, भनेकै मान्दैन। मैले माया गरे रैछु माया जालमा परे रैछु।’ज्यामिरेका बुवा अथवा राउटेका मुखीयाको निधन भएको तेस्रो दिन परम्परागत चलनअनुसार बसाई सराई गरेर अन्यत्र जान लागेको कथाबाट शुरु हुने गितको अन्त्य पनि दुखान्तमै पुगेर हुन्छ।

घना जंगलको बीचमा बसिरहेका बेला एक साँझ बुवा गुमाएका ज्यामिरेलाई पनि बाघले आक्रमण गरेर ज्यान लिएको देखाइन्छ। प्रेमीको निधनले छटपटाएकी वाजकलीले बसाइँ सर्नुअघि ज्यामिरेको शव गाडिएको स्थलमा पुगेर मायाको चिनोस्वरूप पाएको फूल चढाएको दृष्यको पृष्ठभूमिमा ‘दुःख बगाई लैजा भेरी, किन बग्छस् हेरी हेरी’ भन्ने शब्द गुन्जिन्छ।

मौलिकतासँगै नयाँ शैलि प्रयोग गरेका दुतराजले नेपाली परिवेश, माटो र नेपालीपनलाई गीत–संगीतका माध्यमबाट संरक्षण, सम्बर्द्धन र प्रचार–प्रसार गर्ने प्रयासका रूपमा ‘रिमै’ तयार गरेको बताए। ‘अहिलेका दर्शकहरू हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,’उनले भने ‘गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु।’ राउटेको जिवनशैली अध्ययनका क्रममा दैलेख जाने क्रममा यो गितको कथा फुरेको दुतराजले बताए।

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको सामान्य परिवारमा जन्मिएका प्रकाश सानै उमेरदेखि गायनमा रुची राख्ने गर्दथे। उनले वि.सं. २०७६ मा ‘सिमसिम पर्‍यो पानी…’ बोलको गीतमा स्वर भरेर सांगितिक क्षेत्रमा प्रवेश गरेका थिए।

दुतराजले यसअघि सार्वजनिक गरेका ‘बैनी झ्यालैमा…’, ‘घर कता हो बैनीको…’, ‘जाम भो माइली…’, ‘मन भुल्छ…’, ‘जुन माया…’ शिर्षकका गितले पनि राम्रो चर्चा पाएका थिए। सबै गितमा स्वर दिनुभएका दुतराजले अधिकांशमा अभिनय पनि गरेका छन्।

sorce:- annapurnapost

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट