May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

भूकम्पले तलकोटमा क्षति : पालिका कार्यालयकै जमिन चिरा पर्‍यो, वडा कार्यालय ध्वस्त

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १५:४२
भूकम्पले तलकोटमा क्षति : पालिका कार्यालयकै जमिन चिरा पर्‍यो, वडा कार्यालय ध्वस्त

धनगढी । सुदूरपश्चिमभर हल्लाउने गरी आएको भूकम्पको धक्काले बझाङको तलकोट गाउँपालिकामा क्षति पुर्‍याएको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले भूकम्पले क्षति गरेको जानकारी आइरहेको बताइन् । ‘गाउँपालिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ,’ राम्रोन्युज डट्कमसँग कुरा गर्दै उनले भनिन्, ‘१ नम्बरको सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भयो भन्ने खबर छ ।’

आफूहरू गाउँपालिका कार्यालयमै रहेको र अन्य क्षतिको विवरण संकलन गरिरहेको उनले बताइन् । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा केन्द्रविन्दु रहेको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा धक्का दिएको थियो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसूस गरिएको जनाइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।