sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

छठ आउँदै गर्दा कुम्हाल जातिलाई माटोका सामग्री बनाउने चटारो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १३:१७
छठ आउँदै गर्दा कुम्हाल जातिलाई माटोका सामग्री बनाउने चटारो

बारा । लोकआस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्री बनाउन बाराको कुम्हाल जातिलाई चटारो छ । पुरानो पुस्ताका कुम्हालहरुले जातिगत पेशा जोगाउन अपनाएको परम्परागत शैलीमा अहिलेका युवाहरुले आधुनिकता थपेका छन् । उनीहरुले प्रविधिको प्रयोग गरी बजारीकरण र उत्पादनमा सहयोग गरिरहेका छन् ।

विगत ३५ वर्षदेखि माटोमो सामग्री बनाउँदै आएका बारा कलैया उपमहानगरपालिका – ६ पर्सा टोलका सीताराम पण्डितलाई अहिले माटोको सामग्री बनाउन भ्याइनभ्याई छ । नजिकिँदै गरेको छठ पर्वलाई लक्षित गरेर बनाईने माटोका सामग्रीको माग बढेपछि अहिले उनलाई चटारो थपिएको हो । सुरुमा परम्परागत रुपले काठको चक्कालाई हातले घुमाएर माटोको सामग्रीको विभिन्न आकार दिने पण्डित अहिले आधुनिक मेसिनबाट माटोको सामग्री उत्पादन गरिरहेका छन् ।

त्यस्तै आठ वर्ष विदेश बसेर फर्किएका बारा कलैया उपमहानगरपालिका – ६ पर्सा टोलका उमेश प्रजापति यस पेशामा लागेको धेरै भएको छैन । विदेशमा बसेर दु:ख गर्दा पनि पैसा नभएपछि यही आएर अहिले यो पेशालाई उनले व्यवसायिक रुप दिएका हुन् । प्रविधिको विकाससंगै उनी आधुनिक मेसिनको प्रयोग गरी घरमै ठूलो मात्रामा माटोका सामग्री बनाएर देशका विभिन्न सहरहरुमा बिक्री गर्ने गरेको प्रजापतिले बताए ।

परम्परागत पेशाको रुपमा मानिएको यस पेशामा अहिलेको नयाँ पुस्ता टिकाउन कुम्हाल जातिलाई हम्मे हम्मे पर्थ्यो तर प्रविधिको प्रयोगसंगै यस पेशामा नयाँ पुस्ताको पनि आकर्षणले अहिले यो पेशा व्यवसायिक रुपमा अगाडि बढाउन सहज भएको छ । पहिला स्थानीय बजारसम्म मात्र पहुँच हुने यस्ता माटोका सामग्रीको पछिल्लो समयमा युवा पुस्ताले ब्राण्डिङ गरेपछि अहिले यहाँका उत्पादन देशको विभिन्न ठूला सहरहरुमा पुग्ने गरेको व्यवसायी मनिलाल पण्डितले बताए ।

परम्परागत रुपमा कुम्हाल जातिले बनाउने माटाको दियो, हाथी, ढकना, सर्वा, कलशा लगायतका सामग्री खासगरी छठ लगायत अन्य शुभ कार्यमा आवश्यक पर्दछ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid