May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

छठ आउँदै गर्दा कुम्हाल जातिलाई माटोका सामग्री बनाउने चटारो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १३:१७
छठ आउँदै गर्दा कुम्हाल जातिलाई माटोका सामग्री बनाउने चटारो

बारा । लोकआस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्री बनाउन बाराको कुम्हाल जातिलाई चटारो छ । पुरानो पुस्ताका कुम्हालहरुले जातिगत पेशा जोगाउन अपनाएको परम्परागत शैलीमा अहिलेका युवाहरुले आधुनिकता थपेका छन् । उनीहरुले प्रविधिको प्रयोग गरी बजारीकरण र उत्पादनमा सहयोग गरिरहेका छन् ।

विगत ३५ वर्षदेखि माटोमो सामग्री बनाउँदै आएका बारा कलैया उपमहानगरपालिका – ६ पर्सा टोलका सीताराम पण्डितलाई अहिले माटोको सामग्री बनाउन भ्याइनभ्याई छ । नजिकिँदै गरेको छठ पर्वलाई लक्षित गरेर बनाईने माटोका सामग्रीको माग बढेपछि अहिले उनलाई चटारो थपिएको हो । सुरुमा परम्परागत रुपले काठको चक्कालाई हातले घुमाएर माटोको सामग्रीको विभिन्न आकार दिने पण्डित अहिले आधुनिक मेसिनबाट माटोको सामग्री उत्पादन गरिरहेका छन् ।

त्यस्तै आठ वर्ष विदेश बसेर फर्किएका बारा कलैया उपमहानगरपालिका – ६ पर्सा टोलका उमेश प्रजापति यस पेशामा लागेको धेरै भएको छैन । विदेशमा बसेर दु:ख गर्दा पनि पैसा नभएपछि यही आएर अहिले यो पेशालाई उनले व्यवसायिक रुप दिएका हुन् । प्रविधिको विकाससंगै उनी आधुनिक मेसिनको प्रयोग गरी घरमै ठूलो मात्रामा माटोका सामग्री बनाएर देशका विभिन्न सहरहरुमा बिक्री गर्ने गरेको प्रजापतिले बताए ।

परम्परागत पेशाको रुपमा मानिएको यस पेशामा अहिलेको नयाँ पुस्ता टिकाउन कुम्हाल जातिलाई हम्मे हम्मे पर्थ्यो तर प्रविधिको प्रयोगसंगै यस पेशामा नयाँ पुस्ताको पनि आकर्षणले अहिले यो पेशा व्यवसायिक रुपमा अगाडि बढाउन सहज भएको छ । पहिला स्थानीय बजारसम्म मात्र पहुँच हुने यस्ता माटोका सामग्रीको पछिल्लो समयमा युवा पुस्ताले ब्राण्डिङ गरेपछि अहिले यहाँका उत्पादन देशको विभिन्न ठूला सहरहरुमा पुग्ने गरेको व्यवसायी मनिलाल पण्डितले बताए ।

परम्परागत रुपमा कुम्हाल जातिले बनाउने माटाको दियो, हाथी, ढकना, सर्वा, कलशा लगायतका सामग्री खासगरी छठ लगायत अन्य शुभ कार्यमा आवश्यक पर्दछ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।