June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज मनाइँदैछ

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २४, २०७९ ११:१८
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज मनाइँदैछ

 काठमाडौं ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।
नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

मन्त्रालयले संघीय सरकारका सबै निकाय, ७ वटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं वडाहरु, नागरिक समाज लगायत सरोकारवाला सबैलाई दिवस मनाउन आह्वान गरेको छ । महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाउन मन्त्रालयले भनेको छ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २४, २०७९ ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।