May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित्

काठमाडौंका बिशेष १३ ठाउँमा छठको तयारी गरिंदै

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १४:४३
काठमाडौंका बिशेष  १३ ठाउँमा छठको तयारी गरिंदै
  • नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा
  • टेण्ट हाल्ने काम सुरु भएको र शनिबारसम्म सबै काम सकिने
  • कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी

काठमाडौं ।।

काठमाडौंको विभिन्न स्थानमा रहेको नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन शनिबार छठी माइको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ ।  काठमाडौंको विभिन्न १३ स्थानका जलासयमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम सुरु भएको र शनिबारसम्म सबै काम सकिने बताए ।

‘टेण्ट हाल्न सुरु भएको छ, शनिबारसम्म काम सकिन्छ । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौँ । यस पटक चन्दा बाक्सा पनि राख्दैनौं’, उनले भने, ‘छठी माइको मूर्ति पोखरीमा नराख्ने भएका छौँ । सेलाउने मूर्ति बाहिर नै राख्नेछौं । आरती र भजन कीर्तन गर्नेछौं ।’ गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए । उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिएको र बाँकी काम शनिवारसम्म सकिने बतए । ‘कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ । आर्थिक मन्दीले अलि कमी हुने आँकलन गरेका छौँ । तर रसिद काट्नेहरु हेर्दा भरिन्छ जस्तो छ’, उनले भने ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।