November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

करेन्ट लागेर बागलुङमा एक वृद्धको ज्यान गयो

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १0:५८
करेन्ट लागेर बागलुङमा एक वृद्धको ज्यान गयो
  • बिहान करेन्ट लागेर एक वृद्धको मृत्यु
  • बाटोमा हिंड्ने क्रममा करेन्ट लाग्यो 
  • विजुलीको तार भुईंमा लत्रिएको र सोही तारमा कुल्चिंदा करेन्ट….

बागलुङ ।।

बागलुङको निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार बिहान करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । ६२ वर्षीय भाजबिर नेपालीको काउलेबाट धुवाखोरतर्फ जाने गोरेटो बाटोमा हिंड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले जानकारी दिए ।

निसीखोला दोस्रो जलविद्युत आयोजनाबाट लगिएको विजुलीको तार भुईंमा लत्रिएको र सोही तारमा कुल्चिंदा करेन्ट लागेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनाको जानकारी पछि अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङका प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा ७ जना प्रहरी घटनास्थलमा खटिएको डिएसपि केसीले बताए ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्