May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

लम्पी स्किन सुनसरीमा पनि तीब्र रुपामा बढ्दै

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १२:२३
लम्पी स्किन सुनसरीमा पनि तीब्र रुपामा बढ्दै
  • छालामा गिर्खा आउने र छाला कुहिएर झर्ने समस्या
  •  २२ हजारमा संक्रमण, ४  सय ५० गाईवस्तु मरे 
  •  लम्पी स्किन तीब्र रुपामा बढ्दै
  • खोप लगाएपछि रोग निवारण हुँदै 

सुनसरी । धीरेन्द्र नारायण मण्डल ।।

पशुमा देखापरेको लम्पी स्किन रोग सुनसरीमा दिनदिनै तीब्र रुपामा बढ्दै गएको छ । जिल्लाको दक्षिणी क्षेत्र हरिनगर गाँउपालिका , बर्जु, देवाङगञ्ज, कोशी, भोक्राहा नरसिंह, गढि गाँउंपालिका र इनरुवा नगरपालिकामा लम्पी स्किन रोगको प्रकोप बढ्दै गएको छ । गाईवस्तुको छालामा गिर्खा आउने र छाला कुहिएर झर्ने जस्ता समस्या देखापरेको छ ।

सुनसरी जिल्लामा लगभग २२ हजारको हाराहारीमा गाईवस्तुमा संक्रमण फैलिएको र करिब  ४  सय ५० गाईवस्तु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको कार्यलय प्रमुख पशु चिकित्सक कुमार सिंह खत्रीले बताउनुभयो ।

सुनसरीमा लम्पी स्किन रोगको उपचार तथा नियन्त्रणका लागि सवै पालिकाको प्रमुख, उपप्रमुखहरुको बैठक बसि रोगबारे छलफल गरिएको छ । जिल्ला कार्यालय सुनसरीको सभहलमा बैठक बसि हरेक पालिकाहरुले रोग लाग्नबाट बचाउने र रोग लागेका गाईवस्तुलाई समयमै उपचार गर्ने निर्णय गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको सहकार्यले लम्पी स्किन रोगको भ्याक्सिन करिब ७ हजार ४ सय पचाँस भ्याक्सिन पालिकाहरुमा पठाएको पशु चिकित्सक खत्रीले बताउनुभयो ।अहिलेसम्म लम्पी स्किन रोगविरुद्धको खोप सुनसरीमा करिब ६ हजार पाँचसयको हाराहारीमा रोग नलागेको ठाउँको पशुलाई लागाईसकेको र खोप लगाएपछि त्यहाँ रोग नभेटिएको पशु चिकित्सक खत्रीले बताउनु भयो ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट