May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी

अमेरिकामा मात्र १५ हजार ९० नेपाली विद्यार्थी रहेको खुलाशा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १६:२४
अमेरिकामा मात्र १५ हजार ९० नेपाली विद्यार्थी रहेको खुलाशा
  • अमेरिकामा अध्ययनरत ११ औँ ठूलो संख्यामा नेपाली विद्यार्थी रहेको 
  • अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि
  • नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख

काठमाडौं ।।

अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक गरिएको ‘ओपन डोर्स रिपोर्ट २०२३’ मा अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको देखाइएको हो । रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या १५ हजार ९० छ । अघिल्लो शैक्षिकसत्रको तुलनामा २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो शैक्षिकसत्र सन् २०२१/२२ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ११ हजार ७९९ रहेको थियो । उक्त वर्ष अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२ औँ ठूलो संख्या नेपालीको थियो । रिपोर्टअनुसार अमेरिकामा अध्ययनरत कुल अन्तर्राष्ट्रिय विद्यार्थीमा नेपालीको हिस्सा १.४ प्रतिशत छ । अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा सबैभन्दा ठूलो संख्या क्रमशः चीन, भारत, दक्षिण कोरिया, क्यानडा, भियतनाम, ताइवान, नाइजेरिया, जापान, ब्राजिल, साउदी अरब र नेपालीको छ ।

शैक्षिकसत्र २०२२/२३ मा दुई लाख ८९ हजार ५२६ चिनियाँ विद्यार्थी, दुई लाख ६८ हजार ९२३ भारतीय विद्यार्थी र ४३ हजार ८४७ दक्षिण कोरियाली विद्यार्थी अमेरिकामा अध्ययनरत रहेको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा शैक्षिकसत्र २०२२/२३ मा अमेरिकामा भारतीय विद्यार्थी ३५ प्रतिशतले बढेका छन् । यस्तै, घानाका ३२ प्रतिशतले, बंगलादेशका २८, नेपाली २७.९, पाकिस्तानका १६, कोलम्बियाका १३, इटालीका १० र स्पेनका विद्यार्थी ५ प्रतिशतले बढेका छन् ।

रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०१५/१६ मा नौ हजार ६६२, २०१६/१७ मा ११ हजार ६०७, २०१७/१८ मा १३ हजार २७०, २०१८/१९ मा १३ हजार २२९, २०१९/२० मा १२ हजार ७३०, २०२०/२१ मा ११ हजार १७२, २०२१/२२ मा ११ हजार ७९९ र २०२२/२३ मा १५ हजार ९० नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत छन् । शैक्षिकसत्र २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको सबैभन्दा ठूलो संख्या यसअघि २०१७/१८ मा १३ हजार २७० थियो ।अमेरिकामा हाल अध्ययनरत नेपाली विद्यार्थीमध्ये ६ हजार २८८ जना अन्डरग्रयाजुएट, पाँच हजार ५४२ ग्रयाजुएट, ८९ नन-डिग्री र तीन हजार १७१ जना ओपीटी तहमा अध्ययनरत छन् । शैक्षिकसत्र २०२२/२३ मा नेपाली विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा ४७ करोड अमेरिकी डलर (करिब ६२ अर्ब ५७ करोड रुपैयाँ) योगदान गरेको रिपोर्टमा जनाइएको छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्